मकैको ८ वटा नयाँ जात सिफारिस
आइतबार, १९ कात्तिक २०८०, १६ : ३३

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्यान्न बाली अन्र्तगत पर्ने मकैको नयाँ ८ वटा जात सिफारिस गरेको छ ।
कार्तिक १६ गतेको मन्त्रीस्तरीय बैठकले भारतमा विकास भएका मकैका वर्णशंकरको ८ वटा नयाँ जात सिफारिस गरेको हो । मकैका वर्णशंकर जातहरु ३४९९, एम वि एस ११५५, एन एस एच ८३९२, टि एम एम एच २८५८, आर एम एच ५६७, सुपर ९०९० , सिरी ४४५६ र सुपर किङ्ग ४४५५ सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।
यो मकैको उत्पादन क्षमता प्रतिहेक्टर ८ दशमलब ४२ मेट्रिक टन देखि ९ मेट्रिक टन छ । यो बाली लगाएको एक सय ६५ देखि एक सय ८३ दिनमा तयार हुन्छ । मकैका यी वर्णशंकर जातको बाली समुन्द्री सतहदेखि सात सय मिटर उचाईमा र तराईदेखि भित्रि मधेशका क्षेत्रमा खेती गर्न सकिने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्ष-२०८२ को अवसरमा राजा ज्ञानेन्द्र शाहद्वारा व्यक्त शुभकामना सन्देशको पूर्णपाठ
-
सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु
-
निलम्बित न्यायाधीश भुवन गिरीले पाए सफाइ
-
पुनरुत्थानवादीलाई मसानघाटमा पुर्याउन पछि पर्दैनौँ : लक्ष्मण पन्त
-
एमआरपी मूल्य उल्लेख नगरी वस्तु बिक्री गर्ने पसललाई दुई लाख जरिवाना
-
मौसमको चुनौती उछिन्दै गोकर्णेश्वरमा गुञ्जियो नेपथ्य