जाजरकोट र रुकुम पश्चिमको २० स्थानमा सेना परिचालन

काठमाडौँ । भूकम्पपछिको खोज र उद्धारमा सेना परिचालन गरिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार जाजरकोटको १३ स्थान र पश्चिम रुकुमको ७ गरी २० स्थानमा तैनाथ रही सैनिक टोली खोज तथा उद्धारमा परिचालित भएको हो ।
जसअनुसार सेनाको हवाई साधनद्वारा जाजरकोट तथा रुकुम पश्चिमबाट हालसम्म ३१ जना घाइते तथा कुरुवासमेत गरी २४ जनालाई नेपालगन्ज तथा सुर्खेत पुर्याइएको छ । यसैगरी, आइतबार बिहान जाजरकोटबाट थप १ जना घाइतेको हवाई उद्धार गरिएको छ । स्वास्थ्यकर्मी एवं विशेषज्ञहरु समेतको विभिन्न युनिटहरुको टोली १० स्थानमा स्ट्याण्डवाइ रहेको पनि सेनाले जनाएको छ ।
सेनाका अनुसार जाजरकोट अस्पताल, चौरजहारी तथा आठबिसकोट ईलाकामा खटिएको मेडिकल टोलीहरुबाट १२५ जना घाइतेहरूको उपचार भएको छ ।
परिचालित फौजले अन्य सुरक्षा निकाय, जनप्रतिनिधि, सरकारी र गैर सरकारी संघ संस्थाका पदाधिकारी लगायत आम सर्वसाधारणसँग सहकार्य गर्दै प्रभावित इलाकाहरूमा भग्नावशेष हटाउने, स्थानीयका भग्नावशेषमा पुरिएका सामानहरू निकाल्ने तथा भूकम्प प्रभावितको अस्थायी वासस्थान व्यवस्थापन लगायतका कार्यहरू गरिरहेको सेनाले जनाएको छ ।
सेनाको परिचालित हवाई साधनहरुले जटिल प्रकृतिका घाइतेहरूलाई थप उपचारको लागि उद्धार गर्नुको साथै राहत सामग्री ढुवानीसमेत गरिरहेको छ ।
हालसम्म नेपाली सेनाको हवाई साधनद्वारा करिब दश हजार केजी औषधीजन्य र अन्य अतिआवश्यक राहत सामग्रीहरू भूकम्प प्रभावित इलाकामा ढुवानी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेका ९५ प्रतिशत बालिकाले लगाए ‘एचपीभी’ खोप
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना
-
शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै ताप्लेजुङमा कर्फ्यु
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना