मुस्ताङबाट डोल्पा निस्क्यो सडक, एक्साभेटरको बकेट लिएर छार्कामा ट्याक्टर

पोखरा । दुई हिमाली जिल्ला मुस्ताङ र डोल्पा पहिलोपटक सडक सञ्जालबाट जोडिएका छन् । शनिवार मुस्ताङबाट निस्केको ट्याक्टर छार्का पुगेर मुस्ताङ नै फर्किएको हो । २०७५ देखि यहाँ बाटो निर्माण सुरु भएको थियो । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ को पाक्लिङदेखि साङ्ता हुँदै डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडक निर्माणको लागि बिभिन्न प्याकेजमा काम भैरहेको थियो ।
सडकका लागि संघ सरकारले २० करोड लगानी गरिसकेको छ । पछिल्लो ६ महिनामा १० किलोमिटर ट्रयाक खोलिएको हो । ट्रयाक खोल्न गत वर्ष ३ करोड १७ लाख खर्च भएकोमा यो वर्ष थप २ करोड विनियोजन भएको छ । छार्का ताङसोङले छार्का गाउँदेखि मुस्ताङ सीमानासम्मको ट्रयाक यसअघि नै खोलेको हो ।
सडक सञ्जाल जोडिएपछि छार्काका वडाध्यक्ष धवालवाङ गुरुङले पालिका अध्यक्ष सेनाङ गुरुङ र निर्माण कम्पनीका प्रतिनिधिलाई अबिरमाला लगाइदिए । सडक पुगेसँगै स्थानीयलाई आउजाउ गर्न र सामान ढुवानीका लागि सहज हुने छार्काका प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक विद्युत उत्पादन मिति थप्न इप्पानको विद्युत् प्राधिकरणसँग माग
-
स्पेनी प्रशिक्षक गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने
-
नेपालको अटोमोटिभ कोटिङ बजारमा निप्पोन पेन्टको प्रवेश
-
त्रिवि केन्द्रीय क्याम्पसमा मतदान सम्पन्न, आजै नतिजा आउने
-
तीनकुने घटनाको ‘मुख्य जिम्मेवार’ ज्ञानेन्द्र भएको निष्कर्ष, कारबाहीको कानुनी आधार के ?
-
अखिल नेपाल किसान महासंघको महाधिवेशन आयोजक कमिटी गठन