भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणका लागि अखिल क्रान्तिकारीले उपाध्यक्षको कमाण्डमा टोली खटाउने

काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीले कर्णालीका भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा सहयोग पुर्याउन उपाध्यक्षको नेतृत्वमा तीनवटा कमाण्ड बनाएको छ । आइतबार विहान केन्द्रीय कार्यालय बागबजारमा बसेको केन्द्रीय समिति बैठकले भूकम्पको इपिसेन्टर रहेको जाजरकोट, रुकुमपश्चिम लगायत प्रभावित क्षेत्रमा टोली घटाउने निर्णय गरेको अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।
उनकाअनुसार उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा रहेको टोलीले उपत्यकामा राहत संकलन गर्नेछ । मदन भुल नेतृत्वको टोली रुकुम खटिनेछ । अम्मरराज शाहीको नेतृत्वको टोली जाजरकोट खटिनेछ । टोलीमा १००÷१०० जना रहने सिंहले बताइन् । ‘पुनर्निमाणका लागि भनेर उपाध्यक्षको कमाण्डमा तीनवटा टोली खटाउने निर्णय गरेका छौं । पवनजीको कमाण्डले उपत्यकामा राहत संकलन गर्ने छ । मदन भुलको टोली रुकुम र अम्बरराज शाहीको टोली जाजरकोट जानेछन्’, उनले बताइन् ।
जाजरकोट भूकम्पबाट बढी प्रभावित क्षेत्र भएकाले थप जनशक्ति खटाउने उनले बताइन् । कार्यक्षेत्रमा टोली सोमबारबाट खटिने उनले जानकारी दिइन् । यस्तै प्रभावित क्षेत्रका पीडितहरूमा रगतको अभाव नहोस् भनेर अनेरास्ववियुले रक्तदान कार्यक्रम सञ्चालन गरेको बताइन् । अनेरास्ववियुले काठमाडौंको महाराजगञ्ज, बाँकेको नेपालगञ्ज र सुर्खेतमा रक्तदान कार्यक्रम भएको उनले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु
-
छ वर्षपछि उत्तर कोरियामा प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा
-
काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहर