भूकम्प प्रभावितलाई राहत सामाग्रीहरू पुर्याउन उपप्रधानमन्त्री खड्काको निर्देशन
आइतबार, १९ कात्तिक २०८०, १२ : ५४

काठमाडौँ । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावित परिवारलाई दुई दिनभित्र आवश्यक राहत सामाग्रीहरू पुर्याउन प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिँदै खड्काले खोज तथा उद्धारको काम सम्पन्न भइसकेकाले सङ्घ, प्रदेश सरकार राहत र पुरस्थापनामा लागेको बताए ।
उनले आज र भोलि सम्ममा राहतका सबै सामाग्रीहरू जिल्लामा पुर्याईसक्ने बताए ।
शनिबार दिनभर नेपाली सेनाका पाँच हेलिकप्टरसहित स्काई टकले बिरामीहरूको उद्धार गरेको थियो भने आइतबारदेखि राहत सामाग्रीहरू सेनाका हेलिकप्टरले ढुवानी गरिरहेको छ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री भूकम्प प्रभावित जिल्लामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षपछि पोखरामा पिउने पानी पूरै शुद्ध बनाउन सकिन्छ
-
प्रिमियरमा ‘फेरि रेशम फिलिली’ : कसले के भने ?
-
महाशिवरात्रि : जीवनको सर्वोत्तम व्रत
-
पैसा तिरेर पानीसँगै रोग किनिरहेका छौँ
-
सूर्यविनायकमा पूजा गर्दै ‘माग्ने राजा’ को छायाङ्कन सुरु
-
नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन