सांसद पौडेलले एक महिनाको तलब भूकम्प पीडितलाई दिने

काठमाडौँ । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले जाजरकोट भूकम्प पीडितको राहत र पुनःस्थापनाका लागि सरकारको कोषमा आफ्नो एक महिनाको तलब दिने भएका छन् । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको छ । भूकम्पमा परी कैयौं नागरिकले ज्यान गुमाएका छन्, सैयौं घाइते भएका छन् ।
‘विपत्तिको समयमा भूकम्पले क्षति पुर्याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीव्र बनाउँन र पुनस्र्थापनाका लागि सरकारको कोषमा संघीय सांसदको रुपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्दछु’ सांसद पौडेलले भनेका छन् ।
उनले राहत तथा सहयोगका लागि सहयोगी मन भएका सम्पूर्णमाअनुरोध समेत गरेका छन् । सांसद पौडेलले भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभ कामना गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस