भूकम्प पीडितको राहतका लागि सहयोग गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
आइतबार, १९ कात्तिक २०८०, १२ : ४३

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जाजरकोट केन्द्र भई गएको भूकम्पका पीडितलाई राहतको लागि सक्दो सहयोग गर्न सार्वजनिक आव्हान गरेको छ ।
कार्यालयका प्रवक्ता नारायण प्रसाद भट्टले एक विज्ञप्ति जारी गर्दै सहयोग गर्न इच्छुक सम्पूर्ण महानुभावहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको चल्ती खाता नं ११३०१००००३७६२००१ मा जम्मा गर्न आग्रह गरेका छन् ।
विपद्को घडीमा खोज, उद्धार र राहतका लागि क्रियाशील रहेका सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यालयले यस किसिमको सहयोगलाई निरन्तरता दिन समेत अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा नेपालका प्रवक्ता अधिकारिको उपचारको क्रममा अमेरिकामा निधन
-
महायज्ञका लागि दलितको भर भत्काएको प्रकरण : पालिका अध्यक्ष र पूर्ववडा अध्यक्ष पक्राउ
-
दुई–दुई वर्षमा भन्सार एजेन्टको परीक्षा–पुरानालाई एक पटक मौका, स्नातक पास अनिवार्य
-
मुलुक विकासको मार्गमा अघि बढिरहेको छः महामन्त्री थापा
-
औद्योगीकरणबाट मात्रै अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री भण्डारी
-
स्वास्थ्य बीमामा वार्षिक २ खर्बको कोष जुटाउने यस्तो छ मन्त्रालयको योजना