नेपाल स्रष्टा समाज मिरिकमा आयोजित साहित्यिक कार्यक्रममा सहभागी

काठमाडौँ । नेपाल स्रष्टा समाजको टोलीले शुक्रबार भारतको मिरिकमा आयोजित विशेष साहित्यिक कार्यक्रममा सहभागिता जनाएको छ । मिरिक स्थित ‘साहित्य सुनौँ परिवार’ को आयोजनामा सम्पन्न १०० औँ शङ्खलाको साहित्य सुनौँ कार्यक्रममा टोलीमा संलग्न सम्पूर्ण साहित्यकारहरूले मन्तव्यसहित रचना वाचन गरेका थिए ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, संरक्षक पवन आलोक, सल्लाहकार नगेन्द्रराज शर्मा, उपाध्यक्ष चेतनाथ कणेल ‘हरित’, महासचिव देविका तिमिल्सिना, सचिव प्रकाश घायल, कोषाध्यक्ष तारा सुवेदी, तथा सदस्यहरू शङ्कर भारती, डा. शान्तिमाया गिरी, मधु पाठक र माधव बिडारी ‘चेतनपथ’ को सहभागिता थियो ।
कार्यक्रममा साहित्य सुनौँ परिवार मिरिककी कोषाध्यक्ष डा. कमला तामाङद्वारा अनुवादित लघुकथा सङ्ग्रह ‘बिरानो बन्दै गाउँ’ को लोकार्पण गरिएको थियो । परिवारका अध्यक्ष आरडी राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा दार्जिलिङका वरिष्ठ साहित्यकार मोहन ठकुरीको प्रमुख आतिथ्य रहेको थियो ।
मिरिक नगरी भूपू सैनिक सभाकक्षमा आयोजित कार्यक्रममा प्रमुख अतिथि ठकुरी, अध्यक्ष राई कार्यक्रम संयोजक डा. कमला तामाङ, शीला लामा, एसबी गजमेर, अर्जुन प्रधान, गोकुल रासाइली, अजङ्ग प्रधान, लक्ष्मी गुरुङ, अमर दुङ्माली, विनोद खाती, शान्तप्रकाश राई, युवराज भण्डारी, केसाङ लामा, जिनर घतानी, मनिता तामाङ र दीप जोशीले आआफ्नो रचना वाचन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६३ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
कस्मेटिक,फुड्स सप्लिमेन्ट आयात तथा उत्पादकलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
-
दुर्गा प्रसाईं र महेश बस्नेतले एक अर्का विरुद्ध हालेको गाली बेइज्जती मुद्दा हेर्दाहेर्दैमा
-
आन्दोलनरत शिक्षकहरूको नारा – पुरानो ऐन चाहिँदैन, शिक्षक पिट्न पाइँदैन
-
तीनकुने घटनामा पक्राउ परेका ४० जनालाई थप १० दिन हिरासतमा राख्न अनुमति
-
कारखानामा यसरी बन्दै थियो पनिर, देखेर अधिकारीहरू पनि छक्क परे