गाजामा युद्धविराम हुँदा हमासलाई पुनः संगठित गर्न सक्षम बनाउँछ : अमेरिकी विदेशमन्त्री
एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा तत्काल युद्धविराम हुँदा हमास आन्दोलनलाई आफ्नो सेना पुनः संगठित गर्न सहयोग पुग्ने बताएका छन् । जोर्डनको राजधानी अम्मानमा जोर्डनका विदेशमन्त्री अयमान सफादी र इजिप्टका विदेशमन्त्री सामेह शौकरीसँगको संयुक्त पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् ।
उनले हमास आन्दोलनविरुद्ध आफ्नो रक्षा गर्ने इजरायलको अधिकारको लागि आफ्नो देशको समर्थनलाई पुनः पुष्टी गर्दै प्यालेस्टिनी नागरिकहरूको सुरक्षाको आवश्यकतामा जोड दिए । उनले इजरायल–हमास द्वन्द्वमा कुनैपनि थप देशलाई नयाँ मोर्चा खोल्नबाट रोक्न अमेरिकाले आफ्नो प्रभावको फाइदा उठाउने बताए ।
त्यस्तै जोर्डनका विदेशमन्त्री अयमान सफादीले गाजामा तत्काल युद्धविराम र मानवीय सहायता पुर्याउन आवश्यक रहेको बताए । उनले गाजामा जारी इजरायली आक्रमणलाई आत्म–रक्षाको रूपमा वर्णन गर्न अस्वीकार गरे । प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्ने कुनैपनि प्रयासलाई अस्वीकार गर्दै पश्चिम किनारको अवस्थाको बारेमा चिन्ता व्यक्त गरे ।
इजिप्टका विदेशमन्त्री समेह शौकरीले गाजामा भएका दुर्भाग्यपूर्ण हत्याका घटनाहरूलाई न्यायोचित बनाउन नसकिने भन्दै बिना शर्त गाजामा तत्काल युद्धविराम गर्न आह्वान गरे । उनले इजरायललाई मानवीय सहायताको प्रवेशमा अवरोध नगर्न र घेरामा परेको एन्क्लेभमा सुरक्षित र द्रुत वितरण सुनिश्चित गर्न आग्रह गरे । जोर्डनले शनिवार अम्मानमा ब्लिन्केन र पाँच अरब देशका विदेश मन्त्रीहरू साथै प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यकारी समितिका महासचिवबीच छलफल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुहूर्तसँगै छायाङ्कनमा निस्कियो 'सोल्टिनी'
-
उपत्यकामा उत्पादित रायोको सागमा भेटियो अत्यधिक विषादी
-
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको प्रथम वार्षिक उत्सव
-
तत्काल संविधान संशोधन सम्भव छैन : प्रधानमन्त्री ओली
-
‘दुखी आत्मा’ टिजर : दया र आँचलको रोमान्स
-
एमालेको ‘गाउँ पस्ने’ तीन महिने कार्ययोजना : ७ लाख सदस्य थपिने लक्ष्य