शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

जाजरकोट भूकम्प अपडेट : २५३ जना घाइते, १५७ जनाको मृत्यु

आइतबार, १९ कात्तिक २०८०, ०६ : ४२
आइतबार, १९ कात्तिक २०८०

काठमाडौँ । जाजरकोट भूकम्पमा परी घाइते हुनेहरूको सङ्ख्या बढेर २ सय ५३ पुगेको छ । घाइतेहरूमा जाजरकोटका १ सय १२ जना, रुकुम पश्चिमका १३२ जना, जुम्लाका ५ जना तथा दैलेख र सल्यानका दुई दुई जना रहेका छन् । 

यता भूकम्पमा परी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटका १०५ तथा रुकुम पश्चिमका ५२ जना रहेका छन् ।

सरकारले आज भूकम्प पीडितका लागि विशेष राहतको घोषणा गर्ने तयारी गरेको छ । त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  बिहान ८ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

ear

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप