जनकपुर आइपुग्यो आनन्दको शव
शनिबार, १८ कात्तिक २०८०, १७ : २५

जनकपुरधाम । इजरायलमा चरमपन्थी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका आनन्द साहको शव जनकपुरधाम आइपुगेको छ । नेपाली सेनाको विशेष विमानबाट उनको शव अहिले ४ बजेर ३० मा जनकपुधरधाम विमानस्थलमा आइपुगेको हो ।
विमानस्थल नेपाली सेनाकै टोलीले स्कर्टिङ गरेर आनन्दको शवलाई उनको घर सपही लानेछ। । उनको शवलाई आजै दाहसंस्कार गरिने बुझिएको छ । हिजै शव आइपुग्ने तय भए पनि केही कारणवस आज बिहानै ९ आउने भनिएको थियो । तर जाजरकोटमा गएको भूकम्पमा नेपाली सेनाको टोली उद्धारमा खटिदा उनको शव आउन ढिलाइ भएको थियो । आज बिहान शव नआउँदा स्थानीयहरूले प्रदर्शन समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले मकवानपुरका अध्यक्ष पोखरेल घाइते
-
वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ
-
भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
-
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : सांसद गौतम
-
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
-
यो सिजन दोस्रो पटक आमनेसामने हुँदै कोलकाता र पञ्जाब