तिहार फ्लोरा एक्सपोमा ६० लाख भन्दा बढीको कारोबार

काठमाडौँ । भृकुटीमण्डपमा पाँच दिनसम्म सञ्चालन भएको, तिहार लक्षित फलफूल, नर्सरी तथा जडीबुटीहरूको प्रदर्शनी मेला ‘तिहार फ्लोरा एक्सपो २०८०’ शनिवार सम्पन्न भएको छ । पाँचदिने तिहार फ्लोरा एक्सपोमा ६० लाख बढीको फलफूल तथा बिरुवाको कारोबार भएको आयोजक नर्सरी व्यवसायी सङ्घले जनाएको छ । कात्तिक १४ गतेबाट सुरु भएको मेलाको ३० हजार बढीले अवलोकन गरेको नर्सरी व्यवसायी सङ्घका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए ।
६२ वटा स्टलमा विभिन्न जातका फलफूल बिरुवा तथा नर्सरीहरू प्रदर्शनका लागि राखिएको थियो । मेलामा फलफूल ,नर्सरी ,जडीबुटी, मल खाद, बिउ बिजन, औजार गमला लगायत बिरुवाको संरक्षणको लागि चाहिने आवश्यक सामाग्रीहरूको स्टल राखिएको थियो । तिहार फ्लोरा एक्सपोमा राखिएका स्टलहरूबाट ५० हजार देखि १० लाख बढी सम्म व्यवसायीहरूले फलफूल ,बिरुवा तथा औजारहरूको व्यापार गरेको बताइएको छ । तिहार लक्षित गोदावरी र सयपत्रीको माग अत्यधिक भएकोले स्टलनै खाली हुनेगरी बिक्री भएको व्यवसायीले बताए ।
नर्सरी व्यवसायी संघले ब्यवसायीहरुको हक हकहितको लागि र ग्राहकको सुविधाको लागि भनेर पहिलो पटक गरेको तिहार फ्लोरा एक्सपो सफल भएको बताएको छ । व्यवसायीहरूले उत्पादन गरेको फलफूल बिरुवाको बजार प्रबद्र्धन गर्न र उपझोक्ताको माग पुरा गर्न यस्ता मेलाहरूको आयोजना गरिरहने एक्सपोका संयोजक रबिन कुमार गौतमले बताए ।
यसैबीच फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) को मुख्य आयोजनामा जाउलाखेलमा १४ गते देखि प्रदर्शन भइरहेको १६ औँ गोदावरी पुष्प मेला एक दिनका लागि थप गरिएको छ । जाजरकोटमा आएको भूकम्पबाट पिडित भएकालाई सहयोग गर्ने उद्देश्यले आइतबार एकदिन थप गरिएको फ्यानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु