मधेसका सीमा स्तम्भको पुनःनिर्माण, मर्मत र पुनःस्थापना गर्न सुरु

सर्लाही । नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको पुनः निर्माण, मर्मत एवं पुनः स्थापना गर्न सुरु गरिएको छ । सशस्त्र प्रहरीले मधेस प्रदेशका आठै जिल्लास्थित नेपाल–भारत सीमा क्षेत्रका सीमास्तम्भको पुनःनिर्माण, मर्मत र पुनःस्थापना गर्न सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिबासका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहले जानकारी दिए ।
उनका अनुसार मधेस प्रदेशको पूर्वमा सप्तरीदेखि पश्चिममा पर्सासम्मको करिब चार सय किलोमिटर लम्बाइमा रहेका एक हजार ७४ पिल्लरको पुनःनिर्माण, मर्मत र पुनःस्थापना गर्न सुरु गरिएको हो । नेपाल–भारत सीमा क्षेत्रमा रहेका पिल्लरमा नेपाल पक्षले बिजोर नम्बरका पिल्लरको आवश्यकतानुसार पुनःनिर्माण, मर्मत र पुनःस्थापनाको काम गर्न सुरु गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
उनका अनुसार विसं २०७७ साउन १९ गते नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सीमा क्षेत्रमा रहेका स्तम्भको निर्माण, मर्मत सम्भार र पुनःस्थापनासम्बन्धी मापदण्ड २०८० बमोजिम बिजोर नम्बरका सीमा स्तम्भको पुनःनिर्माण, मर्मत र पुनःस्थापनाको काम सुरु गरिएको छ ।
यस कार्यले सीमाको संरक्षण हुनाका साथै सीमा क्षेत्रमा हुने विवाद, सुरक्षा चुनौती र नेपाल–भारत द्विपक्षीय हितका विषयमा पनि सूक्ष्मरुपमा अध्ययन गर्न सघाउ पुग्ने सशस्त्र प्रहरी नायब महानिरीक्षक शाहले बताए । उनले भने, “यस कार्यमा स्थानीय जनप्रतिनिधिको महत्वपूर्ण सहयोग रहने छ भन्ने विश्वास लिएका छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?