मधेसका मुख्यमन्त्री यादवद्वारा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । शुक्रबार मध्यरात कर्णाली प्रदेशको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति उनले दुःख व्यक्त गरेका हुन् ।
मुख्यमन्त्री यादवले भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै यस्तो दुःखद घडीमा मधेस प्रदेश सरकार पीडितहरूको साथमा रहेको बताए । भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यलाई तदारुकताका साथ अघि बढाउन नेपाल सरकारसमक्ष उनले आग्रहसमेत गरेका छन् ।
उनले मधेस प्रदेश सरकारले भूकम्प पीडितलाई सहयोग गर्न छिट्टै सर्वदलीय बैठक बस्ने बताए । सो बैठकबाट निर्णय गरेर जाजरकोटको भूकम्प पीडितलाई राहतको व्यवस्था गर्ने मुख्यमन्त्री यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
-
१५ अङ्कले घट्याे नेप्से परिसूचक, सात अर्ब ५७ करोडको कारोबार
-
३० हजार घुस लिएको आरोपमा सई खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका सिंहको उपचारका क्रममा मृत्यु
-
साना तथा मझौला उद्योगको आईपीओमा किन परेन आवेदन ?
-
वर्तमान शासन व्यवस्थाको विकल्प छैन : प्रचण्ड