प्रदेश प्रमुख परियारद्वारा भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार र आफन्तजनहरूमा समवेदना प्रकट गरेका छन् । प्रमुख परियारले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।
जाजरकोटको बारेकोट गाउँपालिकाको रामिडाँडा केन्द्रबिन्दु भई शुक्रबार राति ११.४७ बजे गएको ६.४ म्याग्निच्युटको भूकम्पबाट भएको ठुलो सङ्ख्यामा मानवीय र भौतिक क्षतिले मर्माहत बनाएको उनको भनाई छ । ‘उद्धार र उपचारमा खट्ने तीनवटै सुरक्षा निकाय र स्वास्थ्यकर्मीहरू सक्रियताका साथ खट्नु भएकोमा धन्यवाद छ, प्रमुख परियारले भनेका छन्, ‘सङ्घीय सरकारका सम्माननीय प्रधानमन्त्री, उर्जामन्त्री, पूर्व अर्थमन्त्री र प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, सांसदहरू र स्थानीय सरकारका जनप्रतिनिधिहरूले समयमै घटनास्थलको अवलोकन तथा उद्धारमा सहयोग गर्नुभएकोमा आभार सहित धन्यवाद व्यक्त गर्दछु । यथाशीघ्र क्षतिपूर्ति,राहत र उपचार गर्न पहलका लागी पनि हार्दिक अपिल गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु सम्बन्धि कार्यक्रममा सहभागी हुन वनमन्त्री शाही बेलायत प्रस्थान
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस