कालिमाटीमा सेनाका लेसनायक मृत फेला
शनिबार, १८ कात्तिक २०८०, ११ : ०४

काठमाडौँ । काठमाडौँको कालिमाटी स्थित सोल्टीमोडमा पुरुष व्यक्तिको शव भेटिएको छ । सोल्टिमोड स्थित सड्कमा सुमन कार्कीको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।
सेनाको लेसनायक रहेका सुमन जंगी अड्डास्थित गणेश दल गणमा कार्यरत रहेको थाहा भएको छ । २६ वर्षीय सुमन चन्द्रागिरी नगरपालिका–६ का स्थानीय हुन् । सोल्टीमोडस्थित दरबार बैंक्वेट अगाडी उनको शव भेटिएको हो । घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।