काेशीकाे किचलाे
कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले
शनिबार, १८ कात्तिक २०८०, ०९ : ५४

विराटनगर । नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीबाट मन्त्री बनेका रामबहादुर राना मगरले आज पदबाट राजीनामा दिएका छन् । उनले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले एमालेको सहमति बेगर गठबन्धन दलहरू माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट एक एक जना मन्त्री शुक्रबार नियुक्त गरेका थिए ।
आफूहरूको सहमति विपरीत सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो । राना गत असोज २७ गते मन्त्री नियुक्त भए पनि उनको जिम्मेवारी भने तोकिएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : प्रचण्ड
-
तस्कर गिरोहबीचको विवादले चलेको थियो सुनसरीमा गोली
-
कौरा नृत्यमा छमछमी नाचे विदेशी पर्यटक
-
सुनसरीमा गोली चल्यो
-
मदन भण्डारीको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनु पर्ने बेला भयो : विद्या भण्डारी
-
पोखराको तालबाराहीमा सन्ध्याकालीन आरती (तस्बिरहरु)