धर्मेन्द्र बास्तोला ७० हजार धरौटीमा छुटे
बुटवल । सवारी ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला धरौटीमा छुटेका छन् ।
दाङ जिल्ला अदालतले शुक्रबार थुनछेक बहसमा बास्तोलालाई धरौटीमा छोड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए । दाङकी जिल्ला न्यायाधीश ताराकुमारी शर्माको एकल इजलासले बास्तोलालाई ७० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । एसपी केसीका अनुसार धरौटी राखेर बास्तोला शुक्रबारनै छुटेका छन् ।
बास्तोलाले चलाएको गाडीले रा६प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिङ्गे नजिकै बास्तोलाले चलाएको बा९च ७१९८ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक