नुवाकोटमा ५४ जनाद्वारा रक्तदान

नुवाकोट । ‘यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्ट’को आयोजनामा शुक्रबार नुवाकोटको विदुरमा रक्तदानका साथै चियापान कार्यक्रम सम्पन्न गरिएको छ ।
सो कार्यक्रममा ५४ जना रक्तदाताहरूले रक्तदान गरेका छन् । यस्तै चियापानमा स्थानीय विभिन्न दलका नेता कार्यकर्ताका साथसाथै शुभेच्छुक र सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
ट्रस्ट नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, केदारनरसिंह केसी, जगदीश्वरनरसिंह र परिवारले स्थापना गरेको सामाजिक संस्था भएको बताइएको छ ।
राजनीतिक आग्रह, दायरा र होडबाजीबाट मुक्त रहेर सामाजिक सेवा, खासगरी विपन्न, असहायलाई सहयोग गर्ने उद्देश्यले ट्रस्ट १५ वर्षअघि स्थापना भएको नेता जगदीश्वरनरसिंह केसीको भनाइ छ ।
ट्रस्टले हालसम्म विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थासँगको समन्वयमा स्वास्थ्य र शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दैआएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरूण कपको उपाधि घतान र अन्नपूर्णलाई
-
गण्डकीले खारेज गर्यो दुग्ध विकास बोर्ड, विज्ञान प्रविधि प्रतिष्ठान र ताल प्राधिकरण
-
उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात
-
प्रधानन्यायाधीश प्रकाशमानिसंह राउतद्वारा महादेव गुफाको अवलोकन
-
बालेनलाई शंकरको जवाफ : कार्यकारी अधिकृत किन जान मानेका छैनन भन्नेमा ध्यान पुगेन
-
१० बजे १० समाचार : जसपा र लोसपालाई अध्यादेशमा मनाउने प्रयास, कांग्रेस र एमालेमा महाधिवेशनको चर्चा