बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

विश्वकप खेल्नु पाउनु भाग्यमानी ठान्छु– रोहित

शुक्रबार, १७ कात्तिक २०८०, १७ : ५४
शुक्रबार, १७ कात्तिक २०८०

काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सन् २०१४ को ट्वान्टी–२० विश्वकप देशले खेलेको हेर्दै हुर्किएकाले यस पटक विश्वकप यात्रा गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस गरेको बताए ।

शुक्रबार मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई आठ विकेटले हराउँदै जारी आइसिसी विश्वकप छनोट (एसिया क्वालिफायर) को फाइनलमा यात्रा तय गरेसँगै नेपाल सन् २०१४ पछि पहिलो पटक ट्वान्टी–२० विश्वकपमा स्थान बनाउन सफल भयो । त्यो सफलतापछि कप्तान रोहितले सोमपाल कामी र विनोद भण्डारीबाहेक सबै सन् २०१४ कै विश्वकप हेरेर नै हुर्किएको उल्लेख गर्दै यस पटक आपैmँ विश्वकप खेल्न पाउनु भाग्यमानी महसुस भएको बताए ।  

टस हारेपछि डर लागे पनि बलिङमा सबैले राम्रो योगदान दिएको उल्लेख गरे । युएईको महत्त्वपूर्ण ब्याटर मोहम्मद वासिमलाई छिटै आउट गर्ने योजना रहेको र सोहीअनुरूप सोमपालले उनलाई पवेलियन फर्काउन सक्नु ठूलो सफलता रहेको धारणा राखे । त्यसपछि सन्दीप लामिछाने, कुशल मल्ल र गुल्सन झाले बलिङमा राम्रो योगदान दिएपछि युएईलाई कम योगफलमा रोक्नु पनि अर्को महत्त्वपूर्ण पक्ष रहेको उनले बताए ।

ब्याटिङमा पनि कुशल भुर्तेलले राम्रो शुरुवात दिलाउनु र आसिफ शेखले लामो इनिङसम्म उत्कृष्ट रहेको कप्तान रोहितले बताए । 

दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्न लागेका नेपालका एक मात्र खेलाडी सोमपालले पछिल्लो संस्करणभन्दा यस पटक धेरै उत्साहित रहेको धारणा राखे । जसरी पनि ट्वान्टी–२० विश्वकप खेल्नुपर्छ भन्ने आफूहरूको लक्ष्य पूरा भएको पनि उनले बताए ।

ओपनर आसिफ शेखले विश्वकप खेल्न लक्ष्य पूरा भएको बताए । उनले ठूलो खेलमा केही गर्छु भन्ने रहेको र त्यसैले अन्तिमसम्म इनिङ खेल्छु भन्ने योजना अनुरूप सफल भएको बताए । 

साथै नेपालका बलरले युएईलाई थोरै योगफलमा रोक्नु पनि जितको महत्त्वपूर्ण पक्ष रहेको उल्लेख गरे । प्रशिक्षक मोन्टी देसाईले टिमलाई एक बनाएर अगाडि बढाएको उल्लेख गर्दै आसिफले यो सफलताको श्रेय प्रशिक्षकलाई दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप