नेदरल्यान्ड्सबाट अफगानिस्तानले पायो १८० रनको लक्ष्य

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शुक्रबार खेलिएको खेलमा नेदरल्यान्ड्सले अफगानिस्तानलाई जितका लागि एक सय ८० रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेदरल्यान्ड्सले ४६.३ ओभरमा अलआउट हुनुअघि एक सय ७९ रनमात्र बनाउन सक्यो ।
नेदरल्यान्ड्सका लागि चौथो नम्बरका ब्याट्सम्यान साइब्रान्ड एन्जलबर्चले ५८ रनको योगदान गरे । उनले ८६ बलको सामना गरी ६ वटा चौका पनि हिर्काए । ओपनर ब्याट्सम्यान म्याक्स ओ’डाओडले पनि ४२ रन बनाए ।
रन आउट भई पेभेलियन फर्किनुअघि उनले ४० बलमा नौवटा चौका प्रहार गरेका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान कोलिन एकरम्यानले पनि २९ रन बनाए । रोलफ भान डर मर्वेले पनि ३३ बलको सामना गरी ११ रन बनाए । आर्यन दत्ताले अविजित १० रन बनाए ।
नेदरल्यान्ड्सका अन्य ब्याट्सम्यानले दोहोरो सँख्यामा रन बनाउन सकेनन् । ओपनर ब्याट्सम्यान वेस्ली बारेसी एक रनमै पेभेलियन फर्किएका थिए । नेदरल्यान्ड्सले अतिरिक्त रुपमा १६ रन पाएको थियो । अफगानिस्तानका बलर मोहम्मद नाबीले तीन विकेट लिए । नुर अहमदले पनि दुई विकेट हात पारे । मजिब उर रहमानले एक विकेट लिए ।
नेदरल्यान्ड्सका माथिल्ला पाँचमध्ये चारजना ब्याट्सम्यान रन आउट भएर मैदानबाट बाहिरिएका थिए । नेदरल्यान्ड्सलाई हराउन सके अफगानिस्तानको टोली पाकिस्तानलाई पछि पार्दै अंक तालिकाको पाँचौँ स्थानमा उक्लने छ । हाल अफगानिस्तान ६ खेलबाट ६ अंक जोड्दै तालिकाको छैठौँ स्थानमा छ ।
पाकिस्तानी टोली भने सात खेलबाट ६ अंक जोड्दै हाल तालिकाको पाँचौँ स्थानमा आसिन छ । जारी विश्वकपमा अफगानिस्तानले यसअघि बलिया प्रतिद्वन्द्वी पूर्वविजेता श्रीलंका, साविक विजेता इङ्ल्यान्ड र पूर्वविजेता पाकिस्तानलाई हराइसकेको छ ।
नेदरल्यान्ड्सले पनि जारी विश्वकपमा हालसम्म दुई खेल जितेको छ । नेदरल्यान्ड्सले जारी विश्वकपमा निकै बलियो टोलीका रुपमा देखिएको दक्षिण अफ्रिकालाई ३८ रनले हराएको थियो । नेदरल्यान्ड्सले अर्को खेलमा बंगलादेशलाई ८७ रनले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् सरकार र शिक्षकहरूबिच भएका ९ बुँदे सहमति
-
विद्यालय शिक्षा विधेयक तपाईंहरूकै घरमा लैजान्छौँ : गृहमन्त्री लेखक
-
शिक्षकको माग पूरा गर्दा सरकारलाई करिब ८ अर्ब दायित्व बढ्ने
-
विद्यालय शिक्षा विधेयक पारित गर्ने सम्बन्धमा सत्तापक्षले गरेको लिखित प्रतिबद्धता सार्वजनिक
-
सरकारसँग सहमति भएपछि रोकियो शिक्षकहरूको आन्दोलन
-
सरकार र शिक्षकहरूबिच ९ बुँदे सहमति, पत्रकार सम्मेलनमार्फत सार्वजनिक