शंखरापुर नगरपालिकाले अनुदानमा किसानलाई दियो झन्डै ५ हजार किलो गहुँको बिउ
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकाले कृषकहरूलाई अनुदानमा ४ हजार ७ सय ९२ किलो गहुँको बिउ वितरण गरेको छ । गहुँ छर्ने सिजन सुरु हुन लागेकोले कृषकहरूको मागका आधारमा उनीहरूलाई आवश्यक पर्ने मात्रामा अनुदानमा बिउ वितरण गरिएको हो ।
नुवाकोटको दुप्चेश्वरबाट नगरपालिकाको करिब ४ लाख रुपैयाँबाट ‘डब्ल्यु के बाह्र सय चार’ जातको गहुँको बिउ खरिद गरेर ल्याइएको नगरपालिकाका कृषि अधिकृत अर्जुनप्रसाद चौलागाईले जानकारी दिए ।
नगरपालिकाको वडा नम्बर ३ र वडा नम्बर ७ ले गहुँको बिउ माग नगरेको र वडा नम्बर १ र ८ ले माग गरेको बिउ नपाइएको उनले बताए । अन्य वडाले भने मागे जति बिउ पाएको अधिकृत चौलागाईले बताए ।
यसअगाडि नै सूचना जारी गरेर किसानसँग प्रतिकिलो ३५ रुपैयाँ पैसा उठाइएको र त्यसमा नगरपालिकाको बजेट थपेर माग अनुसार गहुँको बिउ खरिद गरिएको उनले बताए ।
किसानहरूलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरिएको उनले बताए ।
अधिकृत चौलागाईले भने– ‘किसानले मागे जति बिउ दिएका छौँ । खेतको लालपुर्जाका आधारमा जमिनको क्षेत्रफल हेरेर आवश्यकता अनुसार बिउ दिएका छौँ । बाहिर बजारमा प्रतिकिलो १५० रुपैयाँसम्म पर्ने गहुँको बिउ किसानले प्रतिकेजी ३५ रुपैयाँ अनुदानमा पाएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० लाख पर्यटक भित्र्याउने गरी पोखरा भ्रमण वर्ष घोषणाको तयारी
-
१२ बजे, १२ समाचार : रविको धरौटी तिर्ने बैंकले धोका खानेदेखि विपिन जोशीको रिहाइका लागि सभामुखको पहलसम्म
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु
-
साहित्य उत्सव : जनकपुरका विविध पक्षबारे मन्थन
-
तातोपानी गाउँपालिकाद्वारा १७ विधेयक पारित
-
धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने