श्रम मन्त्रालयको टोली र मेनपावर व्यवसायी साउदी र युएईको भ्रमणमा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगारी व्यवसायीको टोली साउदी पुगेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालको नेतृत्वको टोली साउदी पुगेको हो । उक्त टोलीमा विभागका निर्देशक कविराज उप्रेतीसँगै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, महासचिव मेघनाथ भुर्तेल र द्वितीय उपाध्यक्ष सञ्जु गुरुङलगायत छन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भोग्दै आएका समस्याबारे बुझ्न सरकारी र व्यवसायीको टोली विदेश भ्रमणमा निस्किएको हो । टोली साउदी जानुअघि युएई पुगेको थियो । त्यहाँ विद्यमान नेपाली श्रमिकले भोग्दै आएका समस्याबारे युएईको सरोकारवाला निकायसँग छलफल गरेको थियो ।
उक्त टोली यतिबेला साउदी पुगेको हो । साउदीमा श्रम सम्झौता, जेलमा रहेका नेपाली कामदारको समस्या र उनीहरूले तिर्नुपर्ने जरिवाना, करारमा उल्लेख भएको काम र तलब पाउन नसक्दा उत्पन्न भएको कामदार, कम्पनी र म्यानपावर कम्पनीको समस्या र ‘मेघा’ कम्पनीका समस्या समाधानका विषयमा साउदी टोलीसँग छलफल भइरहेको छ ।
टोलीले बिहीबार साउदी अरेबियाको कानुन, श्रम तथा सामाजिक विकास र परराष्ट्र अधिकारीहरूसँग छलफल गरेको थियो । साउदीमा नेपाली श्रमिकहरू थुप्रै खालका समस्या भोग्दै आएका छन् । ती समस्या समाधान गर्न साउदी सरकार तथा सरोकारवालासँग छलफल भइरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।
साउदीमा सप्लार्यस कम्पनी अन्तर्गत कामदार आपूर्ति हुँदै आएको छ । जसले गर्दा नेपाली श्रमिकहरूले थुप्रै खालका समस्या भोग्दै आएका छन् । ती समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस युद्धविराम वार्ता भाँडेर थप नरसंहार मच्चाउन खोजिरहेको छ : जेलेन्स्की
-
पोर्चुगलमा वर्ल्ड नेवाः अर्गनाइजेशन डब्लुएनओ स्थापना
-
१२ बजे, १२ समाचार : नेविसंघको किचलोले स्ववियु चुनाव प्रभावितदेखि रातको समयमा फेरि लोडसेडिङ हुने खतरासम्म
-
स्ववियु सभापतिका लागि डोटी बहुमुखी क्याम्पसमा राणाको दावेदारी
-
नेपालमै पहिलोपटक पुराणवाचकको लाइसेन्सका लागि एक वर्षे प्रशिक्षण सुरु
-
त्रिवि केन्द्रीय क्याम्पस निर्वाचन समितिको होटलमा बसेको बैठकले कुनै निर्णय गर्न सकेन