डेंगु संक्रमितको सङ्ख्या ४४ हजार नाघ्यो

काठमाडौँ । पछिल्लो समयमा डेंगु संक्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार संक्रमितको सङ्ख्या ४४ हजार नागेको छ ।
हालसम्म ७६ जिल्लाका ४४ हजार ८४ जनामा संक्रमण पुष्टि भएको छ । यो अवधिमा २० जना सङ्क्रमितको मृत्यु भएको ईडीसीडीले जनाएको छ ।
सबैभन्दा बढी सङ्क्रमित सुनसरीमा १६ हजार १०६ जनामा पुष्टि भएको महाशाखाले जनाएको छ । यस्तै, तनहुँमा २० दिन यता सङ्क्रमितको सङ्ख्या बढेर ६ हजार ६९९ पुगेको छ ।
त्यसपछि झापामा ३ हजार ६९० पुष्टि भएको छ । धादिङमा ३ हजार २०० जनामा सङ्क्रमण भएको छ ।
यस्तै कास्की ६ हजार ६०४ जना, मोरङ २ हजार २९० जना, काठमाडौँमा १ हजार ४१ जनामा सङ्क्रमित भएको ईडीसीडीले जनाएको छ ।
यस्तै कैलालीमा ६८९, गोरखा ६८५ जना र धनकुटामा ६०५ जनामा सङ्क्रमित भएको बताइएको छ ।
कुन प्रदेशमा कति ?
सात प्रदेशमध्ये सबैभन्दा बढी सङ्क्रमित कोसी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोसी प्रदेशमा २४ हजार २०१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो समयमा गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या बढेको छ । गण्डकीमा ११ हजार ३७५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यसपछि बागमती प्रदेशमा ५ हजार ५५२ जना, सुदूरपश्चिम प्रदेशमा १ हजार ३६९, लुम्बिनी प्रदेशमा ८१३, मधेस प्रदेशमा ६१८, कर्णाली प्रदेशमा १५६ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेक लागेर पर्यटकको मृत्यु
-
सविनकी श्रीमतीलाई भाटभटेनीमा जागिर, परिवारलाई घरमै पुगेर चेक हस्तान्तरण
-
दुर्गा प्रसाईँलाई प्रहरीले नै भगाएको राजेन्द्र लिङ्देनको आरोप
-
लोकतान्त्रिक रूपान्तरणमा नेपालले देखाएको अभ्यास उदाहरणीय : सभामुख घिमिरे
-
सोसल मिडिया अराजकतावादीको कब्जामा छ : एमाले महासचिव
-
राप्रपाको आन्दोलन, झण्डाको व्यापार, तस्बिरहरू