कृषि बीमाको साढे एक अर्ब रकम भुक्तानी हुन सकेन

काठमाडौँ । कृषि क्षेत्रमा बीमा भएका बाली तथा पशुको साढे एक अर्ब रकम भुक्तानी हुन सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि कर्जा बिमा तथा विपद् व्यवस्थापन शाखाका अनुसार दाबी गरिएको बाली तथा पशु बीमा रकमको प्रमाणित हुन नसक्दा एक अर्ब ६५ करोड रुपैयाँ भुक्तानी हुन नसकेको हो ।
कृषि बीमा तर्फ २० करोड रुपैयाँ र पशुपन्छी बीमा तर्फ १ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको शाखाका अधिकृत अशिष श्रेष्ठले बताए । ‘कृषि बीमा भुक्तानीका लागि भौतिक प्रणाली मार्फत धेरै समय लाग्ने हुँदा यसलाई अनलाइन प्रणालीमा लैजाँदै छौं,’ उनले भने ‘ अनलाइन प्रणालीका लागि सफ्टवेयर बन्दै छ ।’
उनका अनुसार स्थानीय तहबाट बीमा भुक्तानी दाबी भएको रकमको कम्पनीबाट प्रमाणित हुन नसकेकाले रकम भुक्तानी हुन सकेको छैन ।
कृषि बीमाको भुक्तानी रकम गत वर्षको माघदेखि नै बाँकी छ । पशु बीमातर्फ भदौदेखिको रकम बाँकी रहेको श्रेष्ठले बताए ।
कृषि बीमामा फलफूल, तरकारी, अन्न बाली, मौरी, चिया, कफी लगायत बालीको बीमा हुन्छ । यस्तै, पशुपन्छी बीमा अन्तर्गत बाख्रा, अष्ट्रिच, कालिज, माछा लगायतको बीमा गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिगामी हर्कतका छिटपुट बाछिटा जहाँ देखापरे त्यहीँ अन्त्य गरिनुपर्छ : एमाले
-
प्रधानमन्त्रीलाई एक पशु चिकित्सकको चिठी
-
उदाहरणीय बन्दै सुरौदी तिखेढुङ्गामा खरबुजाखेती
-
अपडेट : ट्राफिकले सर्वसाधारणलाई कुटेको दोस्रो भिडियो एक वर्ष पुरानो
-
माइतीघरदेखि नयाँ बानेश्वरसम्म चिकित्सकको र्याली, तस्बिरहरू
-
भूकम्प स्मृति दिवसका दिन धरहराबाट काठमाडौँ नियाल्दा जे देखियो, तस्बिरहरू