भुक्तानी गर्न नसकेका निर्माण व्यवसायीलाई चेक बाउन्समा पक्राउ नगर्न माग
काठमाडौँ । सरकारले निर्माण व्यवसायीहरुलाई दसैँअघि नै ६ अर्ब रुपैयाँ भुक्तानी गर्ने भनेपनि अहिलेसम्म भुक्तानी नगरेको निर्माण व्यवसायीहरुले बताएका छन् ।
सरकारले निर्माण व्यवसायीहरुसँग १५–१५ दिनमा व्यवसायीहरुले पाउनुपर्ने रकम भुक्तानी गर्ने सम्झौता भएपनि कार्यान्वयन नगरेको व्यवसायीहरुले बताएका हुन् । सरकारले दसैँअघि नै ६ अर्ब रुपैया भुक्तानी गर्ने भनेर प्रचार गरेपनि कार्यान्वयन नगरेको नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले बताए ।
उनले सरकारले बोलपत्र आह्वान गरेर व्यवसायीहरुले निर्माण सम्पन्न गरेका आयोजनाहरुको भुक्तानी पाउन पनि सडक आन्दोलन गर्नुपर्ने बिडम्बना रहेको बताए । सरकारले व्यवसायीहरुसँग भएका सम्झौता समयमा नै कार्यान्वयन गर्न आवश्यक रहेको बताए । उनले सरकारले निर्माण व्यवसायीहरुसँग गरेको सम्झौता कार्यान्वयन नगर्दा व्यवसायीहरु आर्थिक अभावमा समस्यामा परेको उल्लेख गरे ।
उनले सरकारले व्यवसायीहरुको भुक्तानी गर्न नसक्ने अवस्था भए स्पष्ट रुपमा व्यवसायीहरुलाई भन्नुपर्ने बताए । उनले निर्माण व्यवसायीहरुले बैंक ग्यारेन्टी राखेर निर्माण समग्री किन्दा बैंक ग्यारेन्टी जफत हुन थालेको उल्लेख गरे ।
दाहालले सरकारले सरकारले भुक्तानी नदिएको बैंकको चेक रकम नहुँदा सरकारले नै व्यवसायीहरुलाई जेल हाल्ने सम्मका काम गरेको भन्दै यस्तो कार्य रोक्न माग गरे । उनले सरकारले भुक्तानी दिन नसके पनि बैंक ग्यारेन्टी जफत र चेक बाउन्समा व्यवसायीहरुलाई पक्राउ गर्ने काम रोक्न माग गरे । सरकारले निर्माण व्यवसायीहरुले निर्माण सामाग्री खरिद गर्न दिएका चेकहरु रोक्नको लागि राष्ट्र बैंकसँग समन्वय गर्न उनको माथग थियो ।
उनले निर्माण व्यवसायीहरुले निर्माण सम्पन्न गरेका आयोजनाहरुको भुक्तानी गर्न नसकेको निर्माण व्यवसायीहरु पुनः सडक आन्दोलनमा आउनुपर्ने वातावरण नबनाउन चेतावनी दिए ।
सरकारले निर्माण व्यवसायीलाई ५० अर्ब रुपैयाँ बराबरको भुक्तानी गर्ने भनेपनि अहिलेसम्म बेवास्था गरको छ । दसैँअघि व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी दिने अर्थ मन्त्रालयले निर्णय गरे पनि कार्यान्वयन गर्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा मोटरसाइकल र कार ठोक्किँदा आमाको मृत्यु, छोरी घाइते
-
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
-
खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ
-
सरकारले खोस्यो १३ जना स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
-
१० बजे १० समाचार : नेकपा बहुमतमा धर्मेन्द्रको नेतृत्वदेखि पद थप्ने होमवर्कमा एमालेसम्म
-
इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्नसक्छ : प्रधानसेनापति