रोकिएन एप्पलको बिक्री घट्ने क्रम
![रोकिएन एप्पलको बिक्री घट्ने क्रम](https://npcdn.ratopati.com/media/news/apple_yixKW1TgF9.jpg)
वासिङ्टन डीसी । आइफोन निर्माता कम्पनी एप्पलको बिक्री घट्ने क्रम जारी छ । अहिले आइफोनको माग बढिरहेको छ । एप्पल प्लस टिभी लगायत स्ट्रिमिङ सेवाहरुको माग पनि बढिरहेको छ । तर पनि समग्रमा भने कम्पनीको बिक्री घटेको हो ।
कम्पनीले बताएअनुसार सेप्टेम्बर ३० मा सकिएको त्रैमासमा कम्पनीले ८९ अर्ब ५० करोड बराबरको बिक्री गरेको छ । आम्दानीको यो आकार गत वर्षको सोही अवधिको तुलनामा १ प्रतिशत कम भएको बताइएको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको बिक्री घटेको यो लगातार चौथो त्रैमास हो ।
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएको लकडाउन हटेपछि म्याक कम्प्युटर र आइप्याडको बिक्री बढाउन कम्पनीलाई सकस भइरहेको छ । समीक्षा अवधिमा कम्पनीले २३ अर्ब डलर मुनाफा कमाएको छ । आइफोनको कीर्तिमानी बिक्रीका कारण मुनाफाले टेवा पाएको बताइएको छ । तर आपूर्ति शृङ्खलामा सम्भावित जोखिमले नयाँ आइफोन १५ प्रो र प्रो म्याक्सको डेलिभरीमा अवरोध हुन सक्ने चिन्ता कम्पनीले व्यक्त गरेको छ ।
कम्पनी अहिले सकेसम्म धेरै आइफोन बनाउने कोसिसमा छ । यो त्रैमासको अन्त्यसम्ममा आपूर्ति–मागबीचको सन्तुलनमा पुग्न सकिने एप्पलका प्रमुख कार्यकारी अधिकारी टिम कूकले बताएका छन् । हालैका महिनामा आइफोनको बिक्री बढेको भएपनि कम्पनीका अन्य उपकरणको विक्री भने घटिरहेको छ ।
म्याक कम्युटरको बिक्री एक वर्ष अघिको तुलनामा ४ अर्ब डलरले घटेर ७ अर्ब ६० करोड डलरमा झरेको छ । चीनमा कम्पनीको विक्री साढे २ प्रतिशतले घटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले गठन गरेको वार्ता समितिसँग मुक्कुमलुङ संरक्षण समितिले वार्ता नगर्ने
-
टुङ्गरम इन्टरनेशनल एकेडेमीको जाहेरी तान्ने सीआईबीमाथि उच्च अदालतको प्रश्न
-
एक वर्षमा २ हजार बढी कुष्ठरोगका बिरामी फेला
-
अध्यक्ष प्रचण्डद्वारा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत
-
निक्षेपमा २५ करोड लगानी गर्दै राष्ट्र बैंक
-
अहिले कथा हिरो भएको समय हो : रेखा थापा