कैलारी गाउँपालिका–९ मा ४ दिनदेखि गरिएको तालाबन्दी आज खुल्ने, के–के भयो सहमति ?
धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नंं ९ मा गरिएको तालाबन्दी आज खुल्ने भएको छ । स्थानीय र वडा कार्यालयबिच कोइलुहवा तालको ठेक्का प्रक्रिया, विद्युत् सेवा प्रवाह, विद्यालय, खानेपानीलगायत विषय विवाद भएको थियो । विवादपछि स्थानीयले वडा कार्यालयमा कार्तिक १३ गतेदेखि तालाबन्दी गरेका थिए ।
बिहीबार स्थानीय तथा सम्बन्धित सरोकारवालाबिच जिल्ला प्रहरी कार्यालय धनगढी छलफल भएको थियो । छलफलपछि तालाबन्दी खोल्ने सहमति भएको हो ।
छलफलमा सहभागी कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले कोइलहुवा ताल, रौरा बाबा विद्युत् सहकारी, विद्यालय, खानेपालीलगायतमा दुई भन्दा बढी समिति गठन गरिएको बारे अनुगमन गरी वैध समितिलाई मान्यता दिने, तालको ठेक्का समूहमार्फत नभइ पालिकामार्फत गर्ने, तालको पानी सर्वसुलभ रूपमा सिँचाइमा प्रयोग गर्ने सहमति भएको जानकारी दिए । सहमतिपछि आज तालाबन्दी खोल्ने सहमति भएको पालिका अध्यक्ष चौधरीले बताए ।
आन्दोलनरत स्थानीयले कोइहुवा तालको ठेक्का प्रक्रिया कोइहुवा सामुदायिक वन उपभोक्ता समूहमार्फत गर्न नहुने र ताल क्षेत्रलाई वन क्षेत्रबाट अलग राखी सिमसार बनाइनुपर्नेका साथै तालको पानी सिँचाइको लागि प्रयोग गर्न पाउनुपर्ने, रौराबाबा विद्युत् सहकारीको अवैध समिति खारेज गर्नुपर्ने र शेयर सदस्यता खुला गर्नुपर्ने, खानेपानी, विद्यालयमा देखिएका समस्याको निकास दिनुपर्ने माग स्थानीयको थियो । त्यस्तै ताल, विद्युत् सहकारी, विद्यालय, खानेपानीमा वडाध्यक्ष खेमराज चौधरीले मनलाग्दी रूपमा समिति निर्माण गरेको र जनताको समस्यालाई बेवास्ता गर्दै आएको स्थानीयको गुनासो थियो ।
यसैबीच गाउँपालिका अध्यक्ष चौधरीले वडाध्यक्ष खेमराज चौधरीलाई जनताप्रति जिम्मेवार हुन निर्देशन दिएको बताए ।
पालिका अध्यक्षले भने, ‘हामी जनप्रतिनिधि हो । सेवक हो, प्रशासक होइन । जनताको समस्यालाई गम्भीरतापूर्वक लिनुपर्छ । जनतासँग भिड्ने किमार्थ राम्रो होइन । त्यसैले मैले उहाँलाई जनताप्रति गम्भीर बन्न निर्देशन दिएको छु ।’
वडाध्यक्ष खेमराज चौधरी बेलाबेलामा विवादित हुँदै आएका छन् । उनी एकताका वन्यजन्तुको चोरी सिकार घटनामा बन्दुकसहित पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म
-
मोदीले यसरी सम्झिए पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको गहिरो सम्बन्ध
-
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
-
भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना, अवस्था गम्भीर
-
सन् २०२४ मा विश्व खेलकुदले जसलाई गुमायो