काठमाडौँका यी स्थानमा भोलि चार घण्टा विद्युत् आपूर्ति बन्द हुने
शुक्रबार, १७ कात्तिक २०८०, ०७ : ५४
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण शनिबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ । प्राधिकरणले स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत गर्नुपर्ने भएकोले विद्युत् आपूर्ति बन्द गर्नुपरेको जनाएको छ ।
सिंहदरबारस्थित के ३ सबस्टेसनबाट आपूर्ति हुने सिंहदरबार परिसर भित्रका सम्पूर्ण कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल, रातोपुल क्षेत्रमा भोलि बिहान विद्युत् आपूर्ति प्रभावित हुने भएको हो ।
बिहान ७ बजेदेखि ११ बजेसम्म माथि उल्लेखित क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु