रातोपाटी ब्रिफिङ : भारतीलाई न्याय–राष्ट्रपतिको निर्णय त्रुटिपूर्ण ठहर
आज मिति २०८० साल कात्तिक महिनाको १६ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा समेटिएको छ ।
भारतीलाई न्याय
सर्वोच्च अदालतले योगराज ढकाल भनिने रिगललाई रिहा गर्ने गरी सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको निर्णय त्रुटिपूर्ण भएको फैसला गरेको छ । न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गरेको हो ।
यससँगै मृतककी श्रीमती भारती शेर्पाले अदालतबाट न्याय पाएकी छन् ।
रिगल पक्राउ
सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् । ढकाललाई नेपालगञ्जबाट पक्राउ गरिएको बाँकेका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको थियो ।
कैद मिनाहा पाउनेहरु फेरि अपराधमा
राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरेपछि रिहा भएका थिए रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ घर भएका लोकबहादुर बिक उर्फ लोकेन्द्र ।
संविधान दिवसका अवसरमा राष्ट्रपतिमार्फत कैद छुट दिन मन्त्रिपरिषद्ले लोकेन्द्रको चालचलन ‘असल’ भएको भन्दै सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेपछि उनी छुटेका हुन् । तर, जेलबाट छुटेको एक महिनामै लोकेन्द्र जघन्य अपराध गरेको आरोपमा पक्राउ परेका छन् ।
संसद अधिवेशन अन्त्य
संसद्को चालु अधिवेशन अन्त्य भएको छ । सभामुख देवराज घिमिरेले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउँदै संसद्को अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।
‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८०।७।१६ को सिफारिसमा सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन २०८० साल कात्तिक १६ गते राति १२ बजेदेखि अन्त्य गरेको छु’, सभामुखले राष्ट्रपतिको पत्र सुनाउँदै सदनलाई जानकारी दिए ।
सचिवमा बढुवा
सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेको भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
अब चिनिको अभाव नहुने
तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो ।
यो पनि...
गृह मन्त्रालयले ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ ।
नेपाल र दक्षिण कोरियाबीच कृषिमा सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । कृषि विज्ञान तथा प्रविधि, कृषि तथा पशुपक्षी उत्पादन, कृषि प्रशोधन र कृषि उत्पादनको क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी सम्झौता भएको हो ।
अमेरिकाको भ्रमणमा रहेका परराष्ट्रमन्त्री एन पी साउदले एमसीसी परियोजना समयमा नै सम्पन्न गरिने बताएका छन् । आज परराष्ट्रमन्त्री एनपी साउद र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राईटबीच वाशिङ्टन डिसीमा भएको भेटमा मन्त्री साउदले निर्धारित समयमा नै परियोजना पूरा हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
दसैँपछि निरन्तर ओरालो लागेको सेयर बजार साताको अन्तिम कारोबार दिन थप १० अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से सूचक १०.८६ अंकले घट्दै १८ सय ४७.७० अंकमा झर्न पुगेको हो ।
एसियाली विकास बैंक (एडिबी)ले ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यालयमा पत्रकारमाथि कुटपिटका साथै नयाँ कार्यसमिति बनाएका अध्यक्ष आरके शर्मालगायतमाथि दुव्र्यवहारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा बिहीबार नेपाली टोली ओमानसँग पाँच रनले पराजित भएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’