कामना सेवा विकास बैंकले १७ औँ वार्षिकोत्सव १७ कार्यक्रमका साथ सप्ताहव्यापी रुपमा मनाउने
काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औँ वर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गर्ने शुभ अवसरमा देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताहव्यापी रुपमा मनाउने भएको छ । १७ औँ वार्षिकोत्सवको शुभ अवसरमा विभिन्न १७ वटा कार्यक्रमहरु आयोजना गर्न लागिएको बैंकले जनाएको छ ।
जस अन्तर्गतः १७ गते शुक्रवारदेखि २३ गते बिहीबारसम्म कामना सेवा फुटसलकप सिजन ३, हाईकिङ्ग कार्यक्रम, सरसफाई कार्यक्रम, सातै क्षेत्रमा रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, छात्रवृत्ति वितरण, ट्राफिक सचेतना वोर्ड हस्तान्तरण, वाकाथुन कार्यक्रम, स्वास्थ्य ल्याव हस्तान्तरण, डिजिटल मेला, विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण, डिजिटल दान पेटिका हस्तान्तरण, नेत्रहिनहरुको वक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रमहरु सम्पन्न गर्ने जनाएको छ ।
जसअन्तर्गत १७ गते शुक्रवारदेखि बैंकले हरेक वर्ष आयोजना गर्ने फुटसल प्रतियोगिताको तेस्रो संस्करण शुरुवात गर्नेछ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सहभागीतामा सम्पन्न हुने उक्त प्रतियोगिता बैंकले हरेक वर्ष गर्दै आएको छ ।
बैंकले आफ्ना १३५ वटा संजाल तथा ७७ वटा एटिएम वुथहबाट आफ्ना अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
-
टेबलटेनिस मेयर कपमा ललितपुर–७ लाई स्वर्ण
-
लुम्बिनीका मुख्यमन्त्रीद्वारा बुलबुले तालको अवलोकन, तस्बिरहरु
-
नेपालीमा शान्ति चाहने मनमोहन सिंह संविधान सभाबाट संविधान बनाउन नेताहरूलाई दिन्थे दबाब
-
डीन कार्यालयको निर्देशन अटेर, पाटन क्याम्पसमा मेरिट मिचेर आफ्ना मान्छे भर्ना
-
हात्ती सुन्दरी प्रतियोगितामा बिजुलीकली प्रथम, तस्बिरहरु