चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइएमा निःशुल्क हटलाइनमा सम्पर्क गर्न प्रहरीको आग्रह
बिहीबार, १६ कात्तिक २०८०, २० : ०४
काठमाडौँ । प्रहरीले चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइएमा प्रहरीको निःशुल्क हटलाइन १०० मा सम्पर्क गर्न आग्रह गरेको छ ।
प्रहरीले बिहीबार एक सूचनामार्फत चिनीको कालोबजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना हेलो सरकार, प्रहरीको निःशुल्क हटलाइन १०० वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी दिन आग्रह गरेको हो ।
यस्तै प्रहरीले चिनीको अभाव हुन नदिन प्रहरीको सम्पूर्ण इकाइहरुलाई सक्रिय परिचालन गरेको जनाएको छ । तिहारको मुखमा बजारमा कृत्रिम अभाव सृजना गरी चिनीको अभाव भएको जनगुनासो आएपछि सम्पूर्ण इकाइहरुलाई सक्रिय परिचालन गरेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मृत्युपश्चात अंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय
-
लुम्बिनी सेरामिक्सले ४ अर्ब लागतमा सुरु गर्यो लेमिनार टायल उत्पादन
-
दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश
-
एमालेद्वारा बालेनको पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगरको टोली
-
धरहरामा मानिसहरूको भीड, तस्बिरमा हेर्नुहोस्
-
प्रियङ्का गान्धीसामु आफूलाई साबित गर्ने चुनौती