विश्व शान्तिका लागि लुम्बिनीमा मोन्लम पूजा

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्तिका लागि प्राणिधान (मोन्लम पूजा) विहिबारदेखि सुरु भएको छ । महायान परम्परा अनुसार नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) संघले तीन दिने मोन्लम पूजा सुरु गरेको हो ।
संसारभर बुद्ध नेपालमा जन्मिएको सन्देश दिन र विश्व शान्तिका लागि वार्षिक रुपमा यस्तो पूजा गर्ने गरिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) को उपस्थितीमा खेन्छेम पेमा शेर्पा (रिपोन्छे) ले मोन्लम पूजा गराएका हुन् ।
उपाध्यक्ष लामाले लुम्बिनीमा आनीहरुको मोन्लम पूजाबाट यो वर्ष पूजाको सुरुवात भएको बताउँदै आगामी दिनमा यस्ता पूजाहरु बढ्दै जाने बताए । उनले आफू कोषको उपाध्यक्ष हुँदा नै लुम्बिनीमा लामा, गुरुहरुको उपस्थितीमा विभिन्न खालका पूजा गराउने प्रतिबद्धता जनाएको बताए । उनले अब बेलाबेलामा ठूला–ठूला मोन्लुम पूजाहरु हुने बताए ।
भगवान् बुद्धका उपदेशका पाठहरु गर्दै बोद्धिसत्व गरेकाहरुको स्मरणमा गरिएको पूजाको महायान परम्परामा निकै ठूलो महत्त्व रहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । उनले लुम्बिनी विकास कोषले मोन्लम जस्ता पूजाहरुलाई नीतिगत रुपमा प्रोत्साहन गर्ने नीति लिएको बताए । उनले यो वर्षका लागि पूजा सुरु भएको बताउँदै नोभेम्र र डिसेम्बरमा पनि यस्तै पूजा हुने बताए । लुम्बिनीमा धार्मिक पर्यटकहरु आकर्षित हुने र बुद्धका उपदेश र सन्देश थप फैलने उनले बताए ।
नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) संघले प्रत्येक वर्ष लुम्बिनीस्थित मायादेवी मन्दिरमा मोन्लम पूजा गर्दै आएको छ । बुद्ध जन्मस्थल नेपाल र लुम्बिनी हो भन्ने सन्देश दिन र विश्वभर नै शान्तिको कामना गर्दै विगत ६ वर्षदेखि मोन्लम पूजा गर्दै आएको संघका संस्थापक अध्यक्ष खेमो डोल्पा छिरिङ लामाले बताइन् ।
पूजाको शुरुवातका दिन कोषका उपाध्यक्ष डा. लामासहित, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य राजेश शाक्य, सूचना तथा जनसम्पर्क प्रमुख डा। हरिध्वज राई लगायतको उपस्थिति रहेको थियो । पूजा शनिबारसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली कुटनीति : सन्तुलन कि अलमल ?
-
चीनमाथि अरू ट्यारिफ लगाउने ट्रम्पको चेतावनी बेअसर, एसियाली सेयर बजार हरियो
-
जनमोर्चाले छोट्यायो आन्दोलनको कार्यक्रम
-
मुम्बई हमलाका आरोपी रानालाई भारत नपठाउने अपिल अमेरिकी अदालतबाट खारेज
-
बार निर्वाचन : दोस्रो दिनको मतगणना सुरु, ६ वटा केन्द्रको गनिँदै
-
नेपाल आँखा अस्पतालमा बिरामीको प्रतिक्षाको समय एक घण्टामा सीमित