बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

गोदावरी मेलाको २१ हजारले गरे अवलोकन, ३ दिनमा ५२ लाखभन्दा बढीको कारोबार

बिहीबार, १६ कात्तिक २०८०, १८ : ५६
बिहीबार, १६ कात्तिक २०८०

काठमाडौँ । मंगलवारदेखि जावलाखेल खेल मैदानमा सुरु भएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी तेस्रो दिन मेलामा अवलोकनकर्ताको भीड बढेको छ । फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान)को आयोजनामा कार्तिक १४ गतेबाट सुरु मेला कार्तिक १८ गते शनिवारसम्म चल्नेछ । 

तेस्रो दिनसम्म कुल २१ हजार भन्दा बढीले मेला अवलोकन गरेको र करिब ५२ लाख ४५ हजार रुपैयाँ बढीको कारोबार  गरेको अध्यक्ष मीन बहादुर तामाङले बताए । 

प्रदर्शनीमा व्यवसायिक स्टल ६१, प्रतियोगितात्मक स्टल २, फ्लावर सजावट स्टल २ र सूचनामूलक ५ लगायत गरी ७० वटा स्टल रहेका छन् । 

हाल नेपालमा ४८ जिल्लामा करिब २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको फ्यानको तथ्याङ्क छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ४४ हजार भन्दा बढी जनशक्ति रोजगारमा संलग्न छन् ।

प्रदर्शनीमा ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढीको व्यवसायिक कारोबार हुने अपेक्षा आयोजकको छ ।  

पुष्प विकास केन्द्र सहआयोजक रहेको उक्त प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रको सहयोग रहेको छ भने सेवा कोकोपिटले प्रयोजन गरेको छ । कृषि विकास बैंक बैंकिङ साझेदार रहको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप