टी—२० विश्वकप छनोट : सेमिफाइनलमा ओमानको प्रतिद्वन्द्वी बहराइन
![टी—२० विश्वकप छनोट : सेमिफाइनलमा ओमानको प्रतिद्वन्द्वी बहराइन](https://npcdn.ratopati.com/media/news/oman_Rh5KKq4v4A.jpg)
काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनलमा ओमानले बहराइनलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ । बहराइन समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । समूहगत चरणको आफ्नो अन्तिम खेलमा बिहीबार कुवेतसँग चार विकेटले पराजित भए पनि बहराइन सेमिफाइनलमा पुग्न सफल भएको हो ।
समूहगत चरणको खेलको समाप्तिपछि समूह ‘बी’ मा ६ अंकसहित संयुक्त अरब इमिरेट्स (यूएई) पहिलो भयो । यूएईले समूह ‘ए’ को उपविजेता नेपालसँग शुक्रबार सेमिफाइनल खेल्नेछ । नेपाल र यूएईबिचको खेल मुलपानी क्रिकेट मैदानमा खेलिने छ ।
समूह ‘बी’ मा दुई—दुई अंकसहित बहराइन दोस्रो, हङ्कङ तेस्रो र कुवेत चौथो भए । तर, नेट रन रेटमा हङ्कङ र कुवेतभन्दा बहराइन अगाडि रह्यो । ओमान समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । ओमान र बहराइनबिचको सेमिफाइनल खेल कीर्तिपुर क्रिकेट स्टेडियममा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुष्पसदन टेबलटेनिसमा सेन्टमेरिज र डिलाईटको जित
-
बास्केटबलमा एक्सेल्सियरको दोहोरो जित
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, यी चार प्रदेशमा हिमपातको सम्भावना
-
यूएसएआईडीका दश हजार कर्मचारीको जागिर चट् पार्ने ट्रम्पको योजनामा अस्थायी रोक
-
७५३ वटै पालिकामा डीडीसीका उत्पादन बिक्रीको व्यवस्था मिलाउन माग
-
आज भीमा एकादशी व्रत, भगवान् विष्णुको पूजा गरी मनाइँदै