सचिनको कीर्तिमानसँग बराबरी गर्नबाट चुके विराट

काठमाडौँ । भारतीय क्रिकेट टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहली आफ्नै राष्ट्रका महान खेलाडी सचिन तेन्दुल्करको कीर्तिमानसँग बराबरी गर्ने अवसरबाट थोरैले चुकेका छन् । तीन दिनपछि ३५ औँ वर्षमा पाइला टेक्न लागेका कोहली आईसीसी एकदिवसीय विश्वकपअन्तर्गत बिहीबार खेलिएको श्रीलंकाविरुद्धको खेलका क्रममा सचिनको कीर्तिमानसँग बराबरी गर्नबाट चुकेका हुन् ।
विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनले प्रहार गरेको सतक सँख्यासँग बराबरी गर्ने अवसर गुमाएका हुन् । सक्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि सचिनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ वटा सतक बनाएका थिए । श्रीलंकाविरुद्धको खेलमा सतक प्रहार गरेको भए कोहलीको सतक सँख्या पनि ४९ पुग्ने थियो । तर, कोहली बिहीबार ८८ रन बनाउँदै आउट भए । उनी केवल १२ रनका कारण सतक पुरा गर्नबाट चुकेका हुन् ।
अब सचिनको कीर्तिमानसँग बराबरी गर्न कोहलीले कम्तिमा पनि आगामी आइतबार हुने दक्षिण अफ्रिकाविरुद्धको खेलसम्म प्रतिक्षा गर्नु पर्नेछ । कोहलीले हालसम्म एकदिवसीय क्रिकेटमा ४८ र टेस्ट क्रिकेटमा २९ वटा सतक प्रहार गरेका छन् । सचिनले भने टेस्ट र एकदिवसीय क्रिकेटलाई जोड्दा एक सयवटा सतक बनाएका छन् । सचिनले एकदिवसीय अन्तर्राष्ट्रियमा ४९ र टेस्ट क्रिकेटमा ५१ वटा सतक बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण एसियामा अन्य देशको तुलनामा नेपाली ‘मिडिया’ स्वतन्त्र छन् : जबरा
-
‘सिरियल किसर’ को ट्यागले हैरान इमरान
-
दरभङ्गामा दुई दिन : याद र अनुभूति
-
प्रहरी कर्मचारीको राजीनामा स्वीकृत नगर्न सर्कुलर
-
वर्षापछि खुल्यो काठमाडौँ उपत्यकाको मौसम (तस्बिरहरू)
-
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ३२ जनाको मृत्यु