देश टाइटनिक डुबे जस्तै डुब्दैछ : सिके राउत
'चियापानमा बोलाएर नयाँलाई सक्ने भाषण दिनु लाचारीपन '
बिहीबार, १६ कात्तिक २०८०, १५ : १३

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले देश टाइटनिक बोट जस्तै डुबिरहेको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख गरे ।
अध्यक्ष राउतले प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ गर्नेकुरा राम्रो नभएको बताए । उनले देशमा जनताका लागि लोकतन्त्र नभएको बताए । उनले अँध्यारो कोठामा तीन जना नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता सम्पन्न भन्न नसकिने बताए । उनले चियापान समारोहमा बोलाएर नयाँलाई सक्ने भाषण दिनु ठुला दलको लाचारीपन भएको बताए ।
अध्यक्ष राउतले संसद् यसरी नै चलिरहे व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँबुखैरेनीमा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
-
करिब चार अर्बको युनिटी घोटाला : यसरी ठगिएका थिए तीन लाख ६६ हजार सर्वसाधारण
-
नेपाल सुपर लिग : झापासँग रोकियो ललितपुर
-
हत्या गरी फरार रहेका ३ जना पक्राउ
-
दुल्लु दरबार पुनर्निर्माणमा बेवास्ता गरिएपछि उच्च अदालतमा रिट दायर
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएनन् पूर्णबहादुर र गगन