एमच्याम नेपालले पायो यूएस चेम्बर अफ कमर्सको सदस्यता, नेपालमा लगानी भित्र्याउन सहज
काठमाडौँ । अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) नेपालले अमेरिका स्थित यूएस चेम्बर अफ कमर्सको सदस्यता प्राप्त गरेको छ । बिहीबार अमेरिकामा आयोजित कार्यक्रममा यूएस च्याम्बर अफ कमर्सका दक्षिण एसियातर्फका वरिस्ठ उपाध्यक्ष अतुल कश्यप र यूएस चेम्बर अफ कमर्सका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख जोन मर्फीले एमच्याम नेपालका अध्यक्ष अजित शाहलाई सदस्यताको प्रमाणपत्र प्रदान गरेका हुन् ।
एमच्याम नेपालले आफ्नो स्थापनाको दुई वर्षमै यूएस चेम्बर अफ कमर्सको सदस्य बन्न सफल भएको हो । जुन ऐतिहासिक उपलब्धि भएको एमच्याम नेपालका अध्यक्ष अजित शाहले बताए ।
एमच्याम मार्फत अब संसारभरबाट नेपालमा लगानी गर्नका लागि अनुरोध गर्न सक्ने अवस्था बनेको शाहले बताए । ‘नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि यो उपलब्धि कोसेढुङ्गा सावित हुनेछ’ अध्यक्ष शाहले भने ।
अध्यक्ष शाहले एमच्याम नेपालले सन् २०२४ मा नेपालमा यूएस–नेपाल इकोनोमिक समिट आयोजना गर्ने घोषणा समेत गरे । इकोनोमिक समिटमा अमेरिकाको निजी क्षेत्र र विभिन्न मुलुकका एमच्याम सदस्यहरूको सहभागिता हुनेछ ।
अमेरिकी लगानीमा अहिले नेपालमा ऊर्जा, सूचना प्रविधि तथा पर्यटन लगायतका क्षेत्रमा लगानी हुँदै आएको छ । एमच्याम नेपालमा हालसम्म ४४ सदस्य रहेका छन्, जहाँ १५ हजारभन्दा बढीले प्रत्यक्ष र एक लाख बढीले अप्रत्यक्ष रोजगारी पाएका छन् ।
विश्वभर १३० मुलुकमा यूएस चेम्बर अफ कमर्सका च्याप्टर (एमच्याम) हरु रहेका छन् भने जहाँ ३० लाख बढी व्यवसायिक संस्था आवद्ध छन् ।
परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेपालको टोली अमेरिकाको औपचारिक भ्रमणमा रहेकै समयमा एमच्याम नेपालले सदस्यता पाउनुलाई निकै महत्वका साथ हेरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले अमेरिका र निजी क्षेत्रले नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । यस्तै नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले अर्थतन्त्र सञ्चालनका लागि निजी क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै यूएस चेम्बर अफ कमर्सका दक्षिण एसियातर्फका वरिस्ठ उपाध्यक्ष अतुल कश्यपले नेपाल हरित उर्जाका लागि प्रशस्त सम्भावना रहेको र यसमा लगानी केन्द्रित गर्नु उपलब्धिमूलक हुने बताए ।
यस्तै अमेरिकाका लागि नेपाली राजदूत डा. श्रीधर खत्रीले आईटीमा एक खर्ब लगानी गर्दा १० लाखभन्दा बढी रोजगारी सिर्जना गर्न सकिने बताए ।
कार्यक्रममा एमच्याम नेपालका अध्यक्ष शाहले एम्चामले नेपालमा जनशक्तिको सीप विकाश लगायतमा काम गर्ने योजना रहेको जानकारी दिए ।
सोही अवसरमा उनले अहिले वैदेशिक लगानी मार्फत अमेरिका वा नेपालमा लगानी गरी व्यवसाय सञ्चालन गर्दा दुवै देशमा कर तिर्नुपर्ने बाध्यता रहेकोमा त्यसलाई हटाएर एउटा मात्र देशमा कर तिरे पुग्ने व्यवस्थाका लागि एमच्याम नेपालले नीतिगत पहल गरिरहेको बताए ।
कार्यक्रममा यूएस डिपार्टमेन्ट अफ स्टेटका नेपाल–भुटान डेस्क अफिसर सराह अल्ड्रिच लगायत नेपाल र अमेरिकाका व्यवसायी एवं व्यावसायिक संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्युटर सहयोग
-
फाष्टट्र्याक प्रस्थान विन्दुको समस्या छिट्टै समाधान हुन्छ : मन्त्री दाहाल
-
सेतेको संसार–४
-
तस्बिरमा हेर्नुहोस् दीक्षित हुनुअघिको खुसी
-
आइएमईबाट रकम पठाइ विजेता बनेकी प्रमिला रोकायालाई आइएमई ग्रुपले दियो १ करोड
-
सशस्त्र प्रहरी बल नेपालमा पहिलो पटक ग्रासरुट फुटबल प्रशिक्षण सञ्चालन