विश्व बैंकले नेपाललाई १३ अर्ब ८१ करोड आर्थिक सहायता दिने
![विश्व बैंकले नेपाललाई १३ अर्ब ८१ करोड आर्थिक सहायता दिने](https://rpcdn.ratopati.com/media/albums/world_bank_d1ZLUGqqkY.jpg)
काठमाडौँ । नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि नेपाल सरकारलाई विश्व बैंकले १३ अर्ब ८१ करोड रुपैयाँ बराबरको आर्थिक सहायता दिने भएको छ । बिहीबार बैंक र नेपाल सरकारबीच भएको सम्झौता अनुसार १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र ३८ लाख ४० हजार अमेरिकी डलर बराबरको अनुदान नेपालले पाउने भएको हो ।
नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न नेपाल सरकार र विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र स्वास्थ्य आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य कोष (एचईपिआरटीएफ) बाट ३८ लाख ४० हजार अमेरिकी डलर बराबरको अनुदानका लागि बिहीबार डिजिटल हस्ताक्षर भएको हो ।
यस सम्झौताहरूका सम्बन्धमा कार्तिक १०, २०८० मा विद्युतीय हस्ताक्षर सम्पन्न भएको थियो । नेपालमा विश्व बैंकद्वारा वित्तीय लगानी गरिएको यो पहिलो विद्युतीय हस्ताक्षरित आयोजना हो ।
नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालन (नेपाल क्वालिटी हेल्थ सिस्टम प्रोग्राम अपरेशन) सम्बन्धी सम्झौताहरूमा अर्थ सचिव डा. कृष्णहरि पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले हस्ताक्षर गरेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महत, विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे र दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष मार्टिन राइजरको उपस्थितिमा वित्तीय सम्झौता आदानप्रदान भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो कार्यक्रम संघीय तहको स्वास्थ्य बीमा बोर्ड, र कोशी र गण्डकी प्रदेशका छनौट गरिएका प्रदेश तथा स्थानीय तहसँगको समन्वयमा कार्यान्वयन गर्नेछ ।
कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य प्रणालीको तत्परतामा सुधार, स्वास्थ्य बीमाको पहुँच अभिवृद्धि र छनौट गरिएका प्रदेश तथा स्थानीय तहमा स्वास्थ्य आपत्कालीन पूर्वतयारी एवं प्रतिकार्य क्षमता सुदृढीकरण गर्ने कार्यमा जोड दिइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्यालेन्टाइन डेमा सिंगल नै हुनुहुन्छ ? छन् यति धेरै फाइदा
-
भ्यालेन्टाइन्स डेमा उपहार होइन, यी बानीमार्फत् जित्न सकिन्छ पार्टनरको मन
-
गीतसंगीतमा कपीराइट उल्लंघन भयावह
-
आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
‘हाम्रो देशमा कपीराइट भनेकै बुझेनन्’
-
फ्राइडे रिलिज : देशभर भिड्दै ‘दुखी आत्मा’ र ‘रंगी’