अहिले नेपालको कूटनैतिक सम्बन्ध असाध्यै मिलेको छ : प्रवक्ता सापकोटा
बिहीबार, १६ कात्तिक २०८०, १४ : ११

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित भएको दाबी गरेका छन् । बिहीबार केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घको महासभामा गरेको सम्बोधन, विश्व नेताहरूसँग भएको साइड लाइन वार्ता, छिमेकी मुलुक चीन र भारतको भ्रमण तथा इटलीमा भएको भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालमय भएको जिकिर गरेका हुन् ।
‘असंलग्न परराष्ट्र सम्बन्धका आधारमा सबैसँग सुमधुर सम्बन्ध राख्छौँ । अहिले हाम्रो कूटनैतिक सम्बन्ध असाध्यै राम्रोसँग मिलेको छ । र, संयुक्त राष्ट्रसङ्घको महासचिवको भ्रमणले कूटनैतिक सफलता उत्कर्षमा पुग्यो । यो दूरगामी महत्वको छ । यसले बहुआयामिक उपलब्धि हासिल गर्न महत्त्वपूर्ण आधार तय गरेको छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मी आँपचौर सेवा समिति जापानको आठौँ अधिवेशन सम्पन्न
-
विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन स्थगित हुँदैन : अध्यक्ष सुवेदी
-
बागमती सरकारको नीति कार्यक्रम बनाउन ‘दलीय कार्यदल’ गठन
-
‘सगरमाथा संवाद’ पूर्व कार्यक्रमको टोली थामेमा
-
मन्त्रिपरिषद् बैठक : सुशासन आयोग गठन गर्ने निर्णय, पौडेल सचिवमा बढुवा
-
माओवादी केन्द्र विराटनगरको कार्यसमिति सर्वसम्मत चयन