प्रचण्डसँग कोरियाका कृषि मन्त्रीको भेट
बिहीबार, १६ कात्तिक २०८०, १४ : ०८

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्री चुङ ह्याङ क्युनले भेटवार्ता गरेका छन् ।
गए राति नेपाल आइपुगेका मन्त्री क्युनले आज बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् । भेटमा कृषि विकासका लागि एक अर्कालाई कसरी सहयोग गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।
कोरिया सरकारले नेपाललाई दिएको उन्नत जातको गाई बारेमा जानकारी लिन नेपाल आएका मन्त्री क्युनले आजै कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालसँग भेटेर कृषिका विभिन्न क्षेत्रमा सहकार्य गर्ने गरी सम्झौता गर्न लागेका हुन् ।
मन्त्री क्युनले शुक्रबार खुमलटारस्थित कृषि अनुसन्धान परिषद् (नार्क) को समेत अवलोकन गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
-
वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म
-
कोरला नाकामा प्रदेशको भवनबाट अध्यागमन कार्यालय हटाउन संघलाई मुख्यमन्त्री पाण्डेको चेतावनी
-
मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकको तलब खातामै पठाउने
-
‘शिक्षकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगिसक्यो’