हमासको नियन्त्रणमा रहेका विपिन जोशीको उद्धारका गर्न विश्वप्रकाशको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले प्यालेष्टाइनको हमासको नियन्त्रणमा रहेका विपिन जोशीको उद्धारको पहलका लागि सरकारलाई आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शर्माले नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको बताउँदै उद्धारका लागि आग्रह गरेका हुन् ।
उनले भने– ‘कतार सरकारमार्फत कुरा गरेर उनलाई उद्धार गर्न सकिने कुरा औँल्याइएका छन् । यो प्रक्रियामा गम्भीर पहलकदमी गर्न सभामुखमार्फत म सम्माननीय प्रधानमन्त्री र माननीय परराष्ट्रमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँदछु ।’
यस्तै कोभिडका कारण बन्द भएका वीरगन्ज, नेपालगन्ज लगायतका नाका खुला भइसकेको बताउँदै उनले झापाको काँकडभिट्टा नाका नखुलेका कारण पर्यटक आवागमनमा बाधा रहेको बताए । होटेल, व्यवसाय, पर्यटन क्षेत्रमा असर परेको बताउँदै उनले भारत सरकारसँग कुरा गरेर नाका खुलाउन उनले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति
-
सहकारीका सदस्यको स्वस्ति शान्ति गराउन बागलुङमा लगाइयो पुराण
-
‘असन्तुष्टि सम्बोधन नभए दलहरूभित्रै विद्रोह हुन सक्छ’
-
अफगानिस्तानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
-
शिक्षक आन्दोलनमा नेविसंघको ऐक्यबद्धता
-
अमेरिकामा नेतान्याहूले पाएनन् चाहेको समर्थन, ट्रम्पसँग देखियो मतभेद