बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय
कृषि

मुलुकभर कुन क्षेत्रमा कस्ता कृषि औजार हुन्छन् प्रयोग ?

बिहीबार, १६ कात्तिक २०८०, ११ : ५४
बिहीबार, १६ कात्तिक २०८०

काठमाडौँ । नेपालमा पछिल्लो समय कृषि–यान्त्रिकीकरण बढ्दै गएको छ । कम जनशक्तिबाट धेरै र सहज तरिकाले कृषिको कार्य गर्न सकिने भएकाले कृषि–यन्त्रको प्रयोग बढेको हो । यस क्रममा ट्याक्टर, थ्रेसर, फलामे हलो, पावर ट्रिलर, स्यालो ट्युबवेललगायत कृषि औजार तथा साधनको प्रयोग बढेको छ । 

राष्ट्रिय कृषिगणना २०७८ अनुसार देशभर कुल ४१ लाख ३० हजार ७ सय ८९ कृषक परिवार सङ्ख्या छ । यी परिवारले २२ लाख १८ हजार ४ सय ९ हेक्टर क्षेत्रफलमा कृषि यन्त्र प्रयोग गरेको उल्लेख छ । 

फलामे हलो प्रयोगकर्ता लुम्बिनीमा बढी

देशभरका ७ लाख २ हजार ७ सय ९८ परिवारले ५ लाख ९ हजार ८ सय २५ फलामे हलो प्रयोग गरेको पाइएको छ । आफ्नै निजी फलामे हलोको प्रयोग गर्ने कृषक ४ लाख ७८ हजार ९ सय ५२ छन् । 

त्यस्तै, साझा रुपमा सो हलो प्रयोगकर्ता ६ हजार २ सय ३० परिवार छन् भने २४ हजार ६ सय ४२ परिवारले अन्य औजार प्रयोग गरेको पाइएको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी  १ लाख ५६ हजार ३ सय २ किसानले सो फलामे हलो प्रयोग गर्छन् भने गण्डकी प्रदेशमा सबैभन्दा कम ६३ हजार ९ सय १२ कृषकले यो हलो प्रयोग गरेको पाइएको छ । 

फलामे हलो प्रयोगकर्ताको विवरणः

halo

कर्णालीमा साढे १३ हजार कृषकले प्रयोग गर्छन् मिनी ट्रिलर

देशभर जम्मा कृषकमध्ये ४ लाख ७१ हजार २ सय ६० परिवारले १ लाख १७ हजार ९ सय ९१ पवार ट्रिलर÷मिनी ट्रिलर प्रयोग गरेको पाइएको छ । 

आफ्नै निजी पावर ट्रिलरको प्रयोग गर्ने कृषक ७ लाख ५४ हजार ६ सय ६३ छन् । त्यस्तै, साझा ट्रिलर प्रयोगकर्ता १७ हजार ५ सय ८ परिवार छन् भने २५ हजार २० परिवारले अन्य सामग्री प्रयोग गरेको पाइएको छ । 

बागमती प्रदेशमा सबैभन्दा बढी  १ लाख ११ हजार ५ सय ५१ किसानले सो मिनी ट्रिलर प्रयोग गर्छन् भने कर्णाली प्रदेशमा सबैभन्दा कम १३ हजार ७ सय २० कृषकले यो मिनी ट्रिलर प्रयोग गरेको पाइएको छ । 

पावर/मिनी ट्रिलर प्रयोगकर्ताको विवरणः

Triller

देशभर ५ लाख बढी ट्याक्टर सङ्ख्या

उता, मुलुकभरका कृषकमध्ये १६ लाख ३८ हजार ७ सय ६२ परिवारले ५ लाख ८ हजार ४ सय ९२ वटा ट्याक्टर प्रयोग गरेको पाइएको छ । 

आफ्नै निजी ट्याक्टरको प्रयोग गर्ने कृषक ४२ हजार १ सय ९९ छन् । साझा ट्याक्टर प्रयोग कर्ता १ हजार ८ सय ७६ परिवार छन् भने १४ हजार ४ सय १७  परिवारले अन्य साधान प्रयोग गरेको पाइएको छ ।  

मधेस प्रदेशका किसानले सबैभन्दा बढी ट्याक्टर प्रयोग गरेको पाइएको छ । त्यहाँ ट्याक्टर प्रयोग गर्ने किसान सङ्ख्या ४ लाख ७७ हजार ४ सय ८३ छ । कर्णाली प्रदेशमा सबैभन्दा कम १५ हजार ३ सय ९२ कृषकले यो ट्याक्टर प्रयोग गरेको पाइएको छ । 

ट्याक्टर प्रयोगकर्ताको विवरणः

tracktor

कर्णालीका १ सय ६० किसानले मात्रै प्रयोग गर्छन् स्यालो ट्युब

नेपालभर ४ लाख ८९ हजार ९ सय ५७ कृषक परिवारले सिँचाईको लागि स्यालो ट्युब  प्रयोग गरेको पाइएको छ । यी किसानले ४ लाख १८ हजार ८ सय ४९ वटा स्यालो ट्युब प्रयोग गरेका छन् । 

निजी रुपमा स्यालो ट्युब प्रयोग गर्ने किसान ३ लाख ९६ हजार ७ सय २१ छन् भने १२ हजार २ सय २ साझा प्रयोगकर्ता छन् । 

कर्णालीका १ सय ६० किसानले मात्रै स्यालो ट्युब प्रयोग गरेको पाइएको छ । 

shallow-tube

स्रोतः राष्ट्रिय तथ्याङ्क कार्यालय   

कोशीका ९ हजार कृषकले प्रयोग गर्छन् डिप ट्युबवेल 

देशभरका ३ लाख ३१ हजार ३ सय ५० किसानले सिँचाईका लागि २ लाख २८ हजार ७९ वटा डिप ट्युबवेल प्रयोग गरेको पाइएको छ । 

यस क्रममा, निजी रुपमा डिप ट्युबवेल प्रयोग गर्ने किसान १ लाख ९१ हजार ४ सय ९९ छन् भने २२ हजार ३ सय ६३ किसान साझा प्रयोगकर्ता रहेको पाइएको छ । 

सबैभन्दा धेरै कोशी प्रदेशमा ९ हजार ७९ सय ७६ तथा कर्णालीमा सबैभन्दा कम ३ सय ५८ कृषकले डिप ट्युबवेल प्रयोग गरेको पाइएको छ ।  

डिप ट्युबवेल प्रयोगकर्ताको विवरणः

deep

स्रोतः राष्ट्रिय तथ्याङ्क कार्यालय   

मधेसमा बढी थ्रेसर प्रयोगकर्ता  

बालीबाट दाना छुट्याउनका लागि देशभरका ११ लाख ७५ हजार ८१ किसानले  १ लाख १४ हजार ८ सय ५४ वटा  थ्रेसर प्रयोग गरेको पाइएको छ । 

यस क्रममा सबैभन्दा बढी मधेसका ३ लाख ६० हजार २ सय ७३ किसानले थ्रेसर मेसिनको प्रयोग गरेको पाइएको छ भने सबैभन्दा कम गण्डकी प्रदेशका किसानले ३८ हजार ७ सय ३३ ले थ्रेसर प्रयोग गरेको पाइएको छ । 

४२ हजार किसानले निजी थ्रेसर प्रयोग गरेका छन् । ६ हजार २ सय ६७ साझा रुपमा थ्रेसर प्रयोगकर्ता छन् । ६६ हजार ३ सय ७ किसानले थ्रेसर प्रयोग नगरी अरु साधन प्रयोग गरेको पाइएको छ । 

थ्रेसर प्रयोगकर्ताको विवरण :

theser

स्रोतः राष्ट्रिय तथ्याङ्क कार्यालय    

देशभर ३० हजार किसानसँग दुध दुहुने मेशिन

देशभर दुध दुहुने मेशिन प्रयोगकर्ता ३० हजार २५ छन् । यी प्रयोगकर्ताले ३ हजार ३ सय ८९ वटा मेशिन दुध दुहुन प्रयोग गरेको तथ्याङ्क छ ।  यो मेशिन मधेसमा सबैभन्दा धेरै साढे ९ हजार किसानले प्रयोग गरेका छन् । 

यस्तै सबैभन्दा कम गण्डकीमा १ हजार ३ सय १३ किसानले प्रयोग गरेका छन् । निजी प्रयोगकर्ता  किसान २ हजार २ सय ७७  छन् भने साझा रुपमा सो मेशिन प्रयोग गर्ने किसान १ सय ४४ छन् । 

दुध दुहुने मेशिन प्रयोगकर्ताको विवरणः

dudh

स्रोतः राष्ट्रिय तथ्याङ्क कार्यालय   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप