१३ अर्ब रुपैयाँले बढ्यो शाहरुख खानको सम्पत्ति, विश्वकै चौथो धनी अभिनेता
मुम्बई । बलिउडका किंग खान शाहरुख खानको सम्पत्ति यो वर्ष १३ अर्ब रुपैयाँले बढेको छ । गएको वर्ष उनको नेटवर्थ ५१ अर्ब १६ रुपयाँ थियो । जवान र पठानको सफलतापछि नेटवर्थ ८ प्रतिशतले बढेर ६४ अर्ब ११ करोड रुपैयाँमा पुग्यो । यो सम्पत्तिका साथमा खान विश्वकै धनी अभिनेताहरूको सूचीमा चौथो स्थानमा छन् ।
कमाइको मामिलामा उनले टम क्रुज, जेकी च्यान र आर्नोल्ड श्वाजनेगरलाई पनि पछाडि पारिदिएका छन् । शाहरुख खानभन्दा अगाडि जेरी सिनफिल्ड, टायलर पेरी र ड्वेन जोन्सन छन् । यो वर्ष शाहरुखका २ फिल्म आएको थियो, पठान र जवान यी दुई फिल्मले २१ अर्ब ९६ करोड भारु कमाएका थिए ।
खानको जीवनमा कुनै समय यस्तो थियो कि गरिबीका कारण गैरकानूनी तवरले मट्टीतेल समेत बेचे । नेशनल स्कुल अफ ड्रामामा अभिनय सिकिरहेको बेलामा उनले कयौँ टिभी शोमा काम गरे । खान आफैं पनि आफूलाई हिरो बन्न लायक सम्झदैंन थे । खानले सन् १९९२ मा दिवानाबाट बलिउड डेब्यू गरेका थिए । खानको बोल्ने शैली देखेर हेमा मालिनीले समेत एउटा फिल्ममा खानलाई रिजेक्ट गरेकी थिइन् ।
इतिहासकै सबैभन्दा ठुलो कमब्याक गर्ने हिरो
सन् २०१८ मा खानको जिरो फिल्म नराम्रोसँग फ्लप भयो । सो फिल्म फ्लप भएपछि खानले लामो समय फिल्मबाट ब्रेक लिए । केही फिल्ममा क्यामियो गरेपनि अभिनेताको रूपमा भने ४ वर्षपछि पठानबाट कमब्याक गरे । यो फिल्मले १० अर्ब १५ करोड भारु कमाएर बलिउडमा कयौँ रेकर्ड तोडिदियो ।
पठान भारतको इतिहासको दोस्रो ठूलो हिन्दी फिल्म बन्यो । यो यस वर्षको हाईएष्ट ग्रसिङ फिल्म हो । शाहरुख खान आज ५८ वर्षका भए । खान किंग अफ रोमान्स भनेर पनि चिनिन्छन् । तर यो वर्ष आएको उनको दुबै फिल्म एक्शन हो । खानको अपकमिङ फिल्म डंकी हो । यो कमेडी ड्रामा हो । डंकी पनि हिट भयो भने एउटै वर्ष ३ मेगा ब्लष्टर फिल्म दिने उनी एक्लो बलिउड स्टार हुनेछन् । एउटै वर्ष १० अर्ब रुपैयाँभन्दा धेरै कमाउने २ ओटा फिल्म दिने शाहरुख एक मात्रै बलिउड स्टार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात
-
आफ्नै गाउँ (लघुकथा)