टी-२० विश्वकप छनोट
करणले लिए ओमानको आठौँ विकेट
बिहीबार, १६ कात्तिक २०८०, १० : ३१

काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगितामा बिहीबार नेपाल र ओमानबिच समूहगत चरणको खेल भइरहेको छ । नेपालले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । पहिले ब्याटिङ गरेको ओमानले लगातार आफ्नो आठौँ विकेट गुमाएको छ ।
ओमानको आठौँ विकेट करण केसीले लिए । उनले ओमानका ब्याट्सम्यान नसिम खुसीलाई २५ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । करणले नसिमलाई सन्दीप लामिछानेद्वारा क्याच गराए । करणले लिएको यो दोस्रो विकेट हो ।
नसिमले पेभेलियन फर्किनुअघि १४ बलको सामना गरी दुई छक्का र दुई चौका हिर्काएका थिए । उनी आउट हुँदा ओमानले १७.३ ओभरमा एक सय १८ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजु पाण्डेलाई निलम्बन गरी छानबिन गर्न माग
-
नेपाल र नेपालीको स्वतन्त्रता र संवैधानिक व्यवस्थाप्रति सुरक्षा निकाय प्रतिबद्ध छ : राष्ट्रपति
-
शंखमुलमा शव फेला
-
यी हुन् एक हजार दर्शक पनि नपाएका ११ नेपाली फिल्म
-
पूर्व राजालाई जति धोए पनि सफा बनाउन सकिँदैन : गगन थापा
-
हेरिटेज वाकको काम प्रभावकारी नभएको भन्दै उपप्रधानमन्त्री सिंहले जनाए असन्तुष्टि