उत्तर कोरियासम्बन्धी वार्ताका लागि ब्लिङ्केन सोल जाने

सोल । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आणविक हतियार सम्पन्न मुलुक उत्तर कोरियालगायतका विषयमा छलफल गर्न अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने सोलको विदेश मन्त्रालयले बुधबार बताएको छ ।
विदेशमन्त्री ब्लिङ्केन आगामी बुधबार दुई दिने भ्रमणका क्रममा सोल आइपुग्नेछन् । सन् २०२१ मार्च यता यो उनको पहिलो दक्षिण कोरिया भ्रमण हुनेछ । उनले दक्षिण कोरियाली समकक्षी पार्क जिनसँग गठबन्धन, उत्तर कोरियाका मुद्दा, आर्थिक सुरक्षा र उन्नत प्रविधिका साथै क्षेत्रीय र वैश्विक परिस्थितिका विषयमा व्यापक छलफल गर्नुहुने मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।
“विदेशमन्त्री ब्लिङ्केनको भ्रमणले दक्षिण कोरिया–अमेरिका गठबन्धनलाई थप विकास गर्न महत्वपूर्ण अवसर प्राप्त हुने अपेक्षा गरिएको छ”, विज्ञप्तिमा भनिएको छ । यो वर्ष प्योङयाङ हतियार परीक्षणको रेकर्ड–ब्रेक शृङ्खलामा संलग्न रहँदा सोल र वासिङ्टनले रक्षा सहयोगलाई बढाउँदै आएको समयमा विदेशमन्त्री ब्लिङ्केनको सोल भ्रमण हुँदैछ ।
गत महिना आणविक सञ्चालित विमानवाहक युएसएस रोनाल्ड रेगनले दक्षिण कोरियाली बन्दरगाहको यात्रा गरेको एक सातापछि एउटा अमेरिकी आणविक–हतियार सक्षम बी–५२ ले दक्षिण कोरियामा दुर्लभ अवतरण गरेको थियो । उत्तर कोरिया रुसको निकट हुँदै गरेको समयमा यो भ्रमण हुन लागेको हो । प्योङयाङले युक्रेनमा युद्धका लागि मस्कोलाई हतियार उपलब्ध गराइरहको पश्चिमी मुलुकहरूलाई चिन्ता छ ।
दुवै देशका नेताहरू किम जोङ उन र भ्लादिमिर पुटिनले सेप्टेम्बरमा रुसको सुदूर पूर्वमा एउटा उच्चस्तरको शिखर सम्मेलन आयोजना गरेका थिए । त्यसपछि अर्को महिना रुसका विदेशमन्त्री सर्गेई लाभरोभले प्योङयाङको भ्रमण गरेका थिए ।
प्योङयाङले रुससँग स्याटेलाइट टेक्नोलोजी र सोभियत युगको सैन्य उपकरणहरूको स्तरवृद्धि गर्नेजस्ता धेरै प्रकारका सैन्य सहयोग मागिरहेको वासिङ्टन र विशेषज्ञहरूले बताएका छन् । उत्तर कोरिया यो वर्ष सैन्य जासुसी उपग्रहलाई अन्तरिक्षमा स्थापना गर्ने प्रयासमा दुई पटक असफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीवाईडी ईभीमा विस्तारित वारेन्टी नीति लागू
-
एमाले मोरङमा वडासम्मै गुट, संस्थापन र इतरसमूहबिच जिल्लामा भएको प्रतिस्पर्धाकै झल्को
-
स्वार्थको खेलमा लेखा समिति ! आईपीओ निष्कासन अझै अन्योल
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रुपन्देहीमा
-
१९५ जना नेपाली शान्ति सैनिक सेन्ट्रल अफ्रिकन रिपब्लिक उडे
-
माओवादीले तीन महिनाभित्र मधेश प्रदेशमा सबै तहका समिति गठन गर्ने