भारतमा गत वर्ष सडक दुर्घटनामा ठूलो मानवीय क्षति
नयाँदिल्ली । भारतमा गत वर्ष भएका सडक दुर्घटनामा परी एक लाख ६८ हजार ४९१ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । उक्त एक वर्षमा चार लाख ४३ हजार ३६६ जना घाइते भएका तथ्याङ्कमा उल्लेख छ ।
भारतको सङ्घीय सडक यातायात तथा राजमार्ग मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत वर्ष सडक दुर्घटना र मृत्यु हुनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा क्रमशः ११.९ प्रतिशत र ९.४ प्रतिशतले बढेको छ ।
घाइते हुनेको सङ्ख्यामा पनि १५.३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ मा चार लाख ६१ हजार ३१२ वटा सडक दुर्घटना भएका थिए, जसमध्ये एक लाख ५१ हजार ९९७ वटा द्रूतमार्गसहित राष्ट्रिय राजमार्गमा, एक लाख छ हजार ६८२ वटा प्रादेशिक राजमार्गमा र बाँकी दुई लाख दुई हजार ६३३ वटा अन्य सडकमा भएका थिए ।
“सन् २०२२ मा १८ देखि ४५ वर्ष उमेर समूहका ६६.५ प्रतिशत युवा पीडित भएका छन्,” प्रतिवेदनमा भनिएको छ । सडक दुर्घटनाबाट हुने मृत्युको ८३.४ प्रतिशत १८ देखि ६० वर्ष उमेर समूहका छन् ।
प्रतिवेदनले तीव्र गति, लापरबाहीपूर्वक गाडी हाँक्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने र ट्राफिक नियमको पालना नगर्नेजस्ता दुर्घटनाका कारक तत्वलाई सम्बोधन गर्न व्यापक दृष्टिकोण अवलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।
प्रतिवेदनमा भनिएको छ, “हामीले कार्यान्वयन संयन्त्रलाई बलियो बनाउन, चालक शिक्षा र प्रशिक्षण कार्यक्रमहरू बढाउन र सडक तथा सवारी साधनहरूको अवस्था सुधार गर्न लगानी गर्न महत्वपूर्ण छ ।”
भारतमा अत्यधिक भार, सडकको खराब अवस्था र लापरबाहीपूर्वक गाडी चलाउँदा घातक सडक दुर्घटना हुने गरेको छ । भारत सरकारले सन् २०२४ सम्ममा सडक दुर्घटनाबाट हुने मृत्युदर ५० प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति