जेट एयरवेजको ५३८ करोड रुपैयाँको सम्पत्ति जफत
बुधबार, १५ कात्तिक २०८०, २० : ४०
नयाँ दिल्ली । जेट एयरवेज विरुद्धको कथित सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा भारतको प्रवर्तन निर्देशनालय ९ईडीले० ले कम्पनीको ५ सय ३८करोड रुपैयाँको सम्पत्ति जफत गरेको छ।
जेट एयरवेजका संस्थापक नरेश गोयल, उनकी श्रीमती अनिता गोयल र छोरा निभान गोयललगायत धेरै व्यक्ति तथा कम्पनीको नाममा रहेका १७ वटा आवासीय फ्ल्याटरबंगला र व्यावसायिक सम्पत्तिहरू रहेको अनुसन्धान एजेन्सीले जनाएको छ ।
मंगलबार ईडीले नरेश गोयलविरुद्ध चार्जशीट दायर गरेको थियो। उनी सेप्टेम्बरमा सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका थिए। यो मुद्दा एयरलाइन्सलाई दिइएको ऋणसँग सम्बन्धित छ। क्यानरा बैंकले नोभेम्बर २०२२ मा उजुरी दायर गरेको थियो जसको आधारमा सीबीआईले गत मेमा एफआईआर दर्ता गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० जिल्लामा रास्वपाको भेला सम्पन्न, केन्द्रीय समितिको विस्तारित बैठक आह्वान
-
संसदीय समितिको निर्णयलाई अवज्ञा गर्दै बागमती सरकार
-
आपूर्ति र कानुन मन्त्रालयबिचको हानथापले रोकियो उपभोक्ता अदालत गठन प्रक्रिया
-
पाँच महिनामा लुम्बिनी प्रदेश सरकारको बजेट खर्च १३ प्रतिशतमात्र
-
कहाँ पुग्यो जनमत पार्टीको नौलो गणतन्त्र सम्बन्धी अभियान ?
-
दुई तिहाइको सरकार छ र पनि केही गरेकै छैन : बालेन शाह (भिडियो)