मेयर बालेनको आरोप, ‘१७ वटा नगरपालिकाले निजी कम्पनीको पैसा खाए’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कुनै निजी कम्पनीबाट पैसा खाएर उपत्यका मेयर फोरमको बैठक बोलाइएको गम्भीर आरोप लगाएका छन् । मंगलबार ललितपुर महानगरपालिकाको अध्यक्षतामा बसेको फोरमको बैठक बिचैमा छाडेर बाहिरिएका शाहले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् ।
१७ वटा नगरपालिकाले कुनै निजी कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेर आफूले कसैको अपमान नगरेको मेयर शाहको तर्क छ । उनले भनेका छन्, ‘नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नु भयो तर काठमाडौँ महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देश नै बेच्नु भयो भने पनि काठमाडौँ एक्लै भए पनि नेपाल भनेर उभिनेछ ।’
फोरमको बैठकको अध्यक्षता ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरेका थिए । बैठकमा उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा नेप वेस्ट नामक संस्थालाई दिनेबारे छलफल गर्न खोजिएको थियो । तर, यसबारे कम्पनीलाई नदिने भनेर अघिल्लै बैठकमा निर्णय भइसकेकोमा मंगलबारको बैठकमा किन एजेन्डा राखिएको भन्दै शाहले असन्तुष्टि जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धि : चैतमा १२ हजार भित्रिए
-
पदक विजेता बक्सिङ खेलाडीलाई स्वागत, तस्बिरहरू
-
‘एक्लो’ कान्स फिल्म फेस्टिभलमा प्रदर्शन हुने
-
एलभीएमएचलाई उछिनेर येहमेस बन्यो विश्वको सबैभन्दा मूल्यवान् लक्जरी कम्पनी
-
लस एन्जल्स ओलम्पिकमा क्रिकेट खेल अस्थायी रंगशालामा खेलाइने
-
चलचित्र ‘मैना’ निर्माणको घोषणा