मकवानपुरबाट दुई जना गैरआवसीय नागरिकले लिए नागरिकता

हेटौंडा । मकवानपुरबाट दुई जना गैरआवसीय नगरिकहरुले नेपाली नागरिकता लिएका छन् । मकवानपुरमा पहिलो पटक दुई जना गैरआवासीय नागरिकले नेपाली नागरिकता लिएका हुन् ।
बुधबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाईले सबै प्रक्रिया पुरा गरी दुई जना गैरआवसीय नागरिकलाई नेपाली नागरिकता वितरण गरेका हुन् । प्रजिअ सेढाईले हेटौंडा–११ की संजिता विडारी र हेटौंडा–५ का श्रीकृष्ण थापालाई नागरिकता वितरण गरेका हुन् ।
विडारी र थापा श्रीमान् श्रीमती हुन् । थापा १५ वर्षदेखि र विडारी ११ वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका छन् । नागरिकता प्राप्त गरेपछि थापाले पुनः नेपाली नागरिकता लिन पाउँदा आफूहरुलाई खुसी लागेको बताए । पुनः नागरिकता लिन पाउँदा विदेशमा रहेपनि देशप्रतिको मायालाई अझ प्रगाढ भएको उनीहरुको भनाई छ ।
गैरआवसीय नागरिकहरुलाई नागरिकता वितरण गर्दा देशमा आर्थिक रुपमा केही फाइदा पुग्ने उनीहरुले बताए । नागरिकता प्राप्त भए पश्चात आफूहरुले देशमा लगानी गर्ने सक्ने वातावरण बनेको र सम्पत्ति किन्न र बेच्न सक्ने अवस्था बनेको उनीहरुले बताए ।
गत जेठमा संशोधन भएको नागरिकता सम्बन्धी ऐन अनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी ऊर्जा दिने छ : प्रचण्ड
-
पानीको स्रोत संरक्षण र चराहरूका लागि बुलबुलेमा अर्को ताल निर्माण गरिँदै
-
राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय समिति बैठक जारी
-
प्रीति जिन्टाको १८ करोड ऋण कसले गर्यो माफ ? के भन्छिन् अभिनेत्री ?
-
उपचार खर्च बढी लाग्ने टिटानसबाट जोगिने उपाय
-
शीर्ष सैन्य अधिकारीपछि सेनाका शीर्ष वकिलहरू पनि बर्खास्तीमा